२०८१ असार ८ गते शुक्रवार

बिनिल टिमको पक्षमा भोट माग्दै डिल्लीबहादुर चौधरीदेखि शंकर गिरी घर दैलोमा

तुलसीपुर, बैसाख, २७ । तुलसीपुर उद्योग बाणिज्य संघका लागि नेपाली काँग्रेसले प्रस्तुत गरेका उम्मेदवार बिनिल केसी नेतृत्वको टिमको पक्षमा भोट माग्दै काँग्रेसका जिल्लामा उपलब्ध शिर्ष नेताहरु घर दैलोमा पुगि रहेका छन् ।

तुलसीपुर उद्योग वाणिज्य संघको बैशाख २९ गते हुने निर्वाचनमा काँग्रेसले प्रस्तुत गरेका उम्मेदवारको पक्षमा भोट माग्दै लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पूर्व प्रदेश सांसद शंकर गिरी, निर्वाचन प्रचार प्रशार समितिका संयोजक जगतबहादुर खड्का, नेता केशब आचार्य, महाधिबेशन प्रतिनिधि युवराज खड्का, तुलसीपुर उपमहानगरपालिकाका सभापति सुरेश हमाल लगाएतका नेता कार्यकर्ताले बिहीबार तुलसीपुर बजारमा घर दैलो गर्दै बिनिल नेतृत्वको ब्यबसायिक टिमलाई अत्यधिक बहुमतले बिजयी गराउन उद्योगी ब्यबसायीलाई आग्रह गरेका हुन ।

काँग्रेसका नेताहरुले तुलसीपुर उद्योग वाणिज्य संघमा एक सरल, सक्षम युवा बिनिल नेतृत्वको टिमले जिते मात्रै ब्यापारिकका हकहित स्थापित हुने दाबी गरेका थिए ।
बिनिल नेतृत्वको टिमको पक्षमा भोट माग्दै हिडेका लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिनिल नेतृत्वको टिमले जित्नेमा आँफु सत प्रतिसत ढुक्क रहेको भन्दै आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरेका थिए ।


नेता शंकर गिरीले बिनिल नेतृत्वका टिममा अधिकाँस उम्मेदवार तुलसीपुरका चिरपरिचित तथा सफल युवा ब्यबसायी रहेको भन्दै उनीहरुको जित नै समग्र तुलसीपुुरका उद्योगी ब्यबसायीको जित हुने धारणा राखे ।
नेता केशब आचार्यले उच्च शिक्षा हासिल गरेका, सालिन र शिष्ट स्वभवका ब्यक्तिहरुको आज हरेका क्षेत्रमा टडकारो खाँचो भइ रहेको भन्दै त्यसको उदाहरण बिनिल र उनी नेतृत्वको टिम रहेको भन्दै सबै ब्यबसायीले मिलेर बिनिलको टिमलाई अत्यधिक बहुमतले बिजयी गराउन अपिल गरेका थिए ।

युवा नेता महाधिबेशन प्रतिनिधि युवराज खड्काले बिनिल केसी पार्टीले माननीयको टिकट दिएपनि सहज जित्न सक्ने युवा भएको भन्दै यत्तिको ब्यक्तिलाई उद्योग बाणिज्य संघमा बिजयी गराउनु तुलसीपुरका हरेक उद्योगी ब्यापारीको जित हुने तर्क गरे ।

काँग्रेसका तुलसीपुर नगरसभापति सुरेश हमालले नेपाली काँग्रेस पार्टीले एक सक्षम युवालाई बाणिज्य संघको नेतृत्वको लागि चयन गरेको हुँदा सबैले सहयोग गर्नुपर्ने बताएका थिए । बिहीबार बजारमा बिनिल नेतृत्वको टिम आफ्नो पक्षमा भोट माग्दै हिड्दा बजारका उद्योगी ब्यबासायीले स्वागत गरेका थिए ।

नेपाली काँग्रेसले प्रष्पर्धामा उतारेका बिनिल केसी नेतृत्वको प्यानलमा बाणिज्य उपाध्यक्ष देबबहादुर केसी, उद्योग उपाध्यक्ष हेमेन्द्र खड्का, खुल्ला उपाध्यक्ष खुसलराम शर्मा, महासचिव केशवराज केसी,सचिवमा नविन राई, कोषाध्यक्ष रुपेश शर्मा र सह–कोषाध्यक्षमा दिपेश भण्डारी छन् ।

त्यस्तै एसोसियट सदस्यमा सन्दिपन रिजाल, सदस्यहरुमा शैलेन्द्रकुमार बुढाथोकी, सुवाश अधिकारी, कोमल डिसी –कमल) , तिर्थ डाँगी, माधव बस्नेत, महिला सदस्य निलम बस्नेत र कल्पना बिष्ट उम्मेदवार छन् ।

तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् । बाणिज्य संघको नयाँ नेतृत्व चुन्न २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *