
शिवु खनाल,
देउखुरी, जेठ १९ । दाङको लमहीमा आइतवारदेखि दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा प्रतियोगिता सुरु भएको हो । देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको लमही नगरपालिका नगर प्रमुख केसीले ब्याटिङ र लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले बलिङ्ग गरेर उद्घाटन गरेका हुन ।
प्रमुख केसीले प्रतियोगिताको उद्घाटन गर्दै खेल जगतलाई बलियो बनाउन स्थानीय स्तरवाटै प्रतिभाको खोजी सुरु गरिएको बताए । आउदो वर्षदेखि दाङका दश स्थानीय तह भन्दा फरक किसिमले खेलकुद गतिविधि संचालन गर्ने केसीले दाबी गरे ।
कार्यक्रममा उप–प्रमुख देबका बेल्वासे, वडा नम्बर ५ का वडा अध्यक्ष बिमबहादुर केसी लगाएतले निरोग समाज निर्माण गर्न र आँफुलाई देश विदेशमा चिनाउन खेलकुदले भूमिका खेल्ने बताएका थिए । प्रतियोगितामा नगरका ८ वटा टिमले प्रतिपर्धा गर्दै छन् । प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजारका साथै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
