
दिप्तीशिखा चौधरी
दंगीशरण, १८ जेठ ।
दंगीशरण गाउँपालिकाका नमूना युवा संसदका युवाहरु स्कुल–स्कुलमा बाल क्लव गठन गरेका छन् । समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा भन्ने मूल नाराका साथ उनीहरुले बाल क्लव गठन गरेका हुन् । दंगीशरण गाउँपालिका वडा नम्बर २ स्थित मावि मधपुरमा सिर्जना केसीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरिएको छ ।
जसको उपाध्यक्षमा कुमार मग, सचिवमा करिभक्त केसी, कोषाध्यक्षमा तनु केसी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी बस्नेत, चन्द्रकला केसी, किरण चौधरी, दिपक डाँगी, सन्दिप विक, तिलक खत्री रहेका छन् ।
यस्तै वडा नम्बर ६ स्थित भानु माविमा करुणा वलीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरेका हुन् । जसको उपाध्यक्षमा देवराज खनाल, सचिवमा रीता गिरी, कोषाध्यक्षमा संगीता चौधरी रहेका छन् ।
यसैगरी सदस्यहरुमा पुष्पा परियार, विनोद खड्का, हिरा भण्डारी, फुलमाया मगरलगायतका रहेका छन् । स्कुल क्लव गठन, सकारात्मक सोच तथा सामाजिक सञ्जालको प्रयोग, दुब्र्यसनी र बाल विवाह न्यूनीकरणसम्बन्धी एकदिने परामर्श कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्मक सोंचका बिषयमा जानकारी गराएका थिए भने भानु माविका प्रधानाध्यापक पदम बहादुर वलीले लागूपदार्थ दुब्र्यसनका विषयमा प्रष्ट्याएका थिए ।
यस्तै गाउँपालिकाकी प्रेस संयोजक दिप्तीशिखा चौधरीले बालविवाह न्यूनीकरण युवा संसदका राष्ट्रपति रमीता चौधरीलाई बाल क्लव गठन प्रक्रियाका बिषयमा जानकारी गराएकी थिइन् । प्रधानमन्त्री चक्रमिलन विकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नमूना युवा सांसदका प्रतिपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए । नमूना युवा संसदले गाउँपालिका भित्रका चारवटा सामुदायिक विद्यालयमा बाल क्लव गठन गरेको छ ।
