२०८१ असार ९ गते शनिवार

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय प्रति काँग्रेसको बिरोध


काठमाडौं, बैशाख २ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रबी लामिछाने संलग्न रहेको कुरा छर्लङ्ङ भइसकेको बताएको छ।


प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आइतबार बसेको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा सरकारले अप्रत्याशित रूपमा संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुले त्यसमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि गर्ने आधारहरु स्पष्ट देखिएको काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

लाखौं जनताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना तथा ठगी भएकोले संसदीय छानबिन गठन गरिनुपर्ने विषय कांग्रेसले उठाउँदै आएको थियो।


तर, त्यसका बाबजुद गत शुक्रबारको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्यसको बिरोध गरेको प्रमुख सचेतक लेखकले बताए ।


कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो । समिति गठन नहुँदासम्म उस्ले सदन चल्न दिएको थिएन । सत्तासिन दलहरुले त्यसको बेवास्ता गर्दै संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि काँग्रेसले बिरोध गर्नु परेको नेता लेखकले बताए ।


सहकारी प्रकरणमा लामिछानेको संलग्नता थिएन भने किन सरकारले संसदीय छानबिन समिति गठन गर्न तर्फ लागेर भनेर आमनागरिकमा पनि प्रश्न उठेको लेखकले बताएका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *