२०८१ बैशाख २० गते बिहिवार

निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक छ – दीपक गिरी


तुलसीपुर , चैत २८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।


नेपाली काँग्रेस दाङ क्षेत्र नं. ३ ले बुधबार तुलसीपुरस्थित कार्यालयमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि गिरीले मिस्रित निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भइ रहेको बताए ।


‘ कसैको बहुमत नआउने अहिलेको अवस्थाले संविधान राम्रो बनाउँदा बनाउँदै उट जस्तो पो बन्यो कि भन्ने लाग्छ,’ नेता गिरीले भने ‘ अब यसमा समयानुकल केही परिमार्जन गरि मिस्रित निर्वाचन प्रणालीका बारेमा केही सुधार गर्न जरुरी छ ।’


त्यस्तै उनले सहकारीमा सर्वसाधारण गरिब जनताले संकलन गरेको अर्बौं रुपैंया हिनामिना प्रकरणमा गृहमन्त्री रबी लामिछानेको नाम मुछिदै आएको हुँदा त्यो घटना छानविनका लागि लामिछानेले राजीनिमा दिनुपर्ने बताए । सहकारी घोटाला प्रकरण बारे सिआइबीले अनुसन्धान गर्न थालेपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको यो बीचमा सरुवा गरिएको हुँदा सोही तालुकदार मन्त्रालयमा रबी लामिछाने बस्न नसुहाउने उनको तर्क थियो ।


घटनाको स्वतन्त्र रुपमा छानविनका लागि संसदीय समिति गठन नहुँदासम्म सदन चल्न नसक्ने उनले बताए ।
कार्यक्रमका बिशिष्ट अतिथि तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले गरिब जनताको दैलो दैलोमा पुगेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।


‘ब्यक्ति ठूलो होइन संगठन ठूलो हो,’ उनले भने ‘ त्यसैले काँग्रेसका हरेक क्रियासिल सदस्य जनताको घर दैलोमा पुगेर संगठन निर्माणमा लाग्नुहोस ।’
नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नै नेता कार्यकर्ताको चोक र चौतारोमा बसेर आलोचना गर्नु भन्दा काँग्रेसको नीति, सिद्धान्त र गरेका राम्रो कामहरुको बारेमा चर्चा गर्न आग्रह गरे ।


पार्टीका लुम्बिनी प्रदेश उपसभापति तथा यसअघिका स्वास्थ्य मन्त्री राजु खनालले पनि हजारौं ब्यक्तिका अर्बौं रकम हिनामिना प्रकरणमा मुछिएका बिबादिद छबीका रबी लामिछानेलाई चोख्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि न्यायाधिस बन्ने खोजेको आरोप लगाए ।


क्षेत्र नं . ३ का सभापति जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई जिल्ला सभापति तथा कार्यक्रमका बिशिष्ट अतिथि शंकरप्रशाद डाँगी, पूर्व लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरी, निर्वतमान राष्ट्रियसभा सदस्य अनिता देवकोटा, नेता केशव आचार्य, दाङ क्षेत्र नं. २ का सभापति भिमप्रकाश खड्का, नेपाल दलित संघका लुम्बिनी प्रदेश अध्यक्ष जोगेन्द्र बिश्वकर्मा, तुलसीपुर नगरसभापति सुरेश हमाल, बबई गाउँपालिका सभापति प्रकाश बस्नेत लगाएतले सम्बोधन गरेका थिए ।


कार्यक्रममा क्षेत्र नं. ३ का सचिव शोभाकर सापकोटाले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष रेश्मी वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रमको सहजीकरण अर्का सचिव पूर्ण केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *