२०८३ असार ६ गते शनिवार

दाङ सडकले निर्माण व्यवसायीलाई लाखौं हर्जना तोक्यो


दाङ, जेठ १७ । काम समयमै नसक्ने निर्माण कम्पनीहरुलाई सडकले लाखौं हर्जना तोकेको छ । घोराहीस्थित कटुवा खोलाको पुल निर्माणमा ढिलाई गर्ने काठमान्डौँको शंखरमाली निर्माण सेवा प्रालीलाई ३५ लाख र हापुर खोलामा पुल निर्माणमा विलम्व गर्ने रसुवा कन्स्ट्रक्सन प्रालीलाई ४० लाख हजर्ना तोकिएको छ ।सडक डिभिजन कार्यालय दाङका ईञ्जिनियर, लिलाबहादुरले भण्डारीले सम्झौता गरेको पाँच वर्षसम्म काम पुरा नगरेको हुँदा उनीहरुलाई हर्जना तोकिएको जानकारी दिए ।

त्यसैगरी घोराही बजारमा सडक विस्ताको जिम्मा लिएर समयमै काम पुरा नगर्ने काठमान्डौंको शंखरमाली कान्छाराम जेभीलाई सडक डिभिजनले ७० लाख जति हर्जना तोकेको ईञ्जिनियर भण्डारीले जानकारी दिए । संझौता अनुसार असार मसान्त सम्मपनि काम पुरा नगर्ने अन्य केही निर्माण कम्पनी पनि कारवाही पर्ने निश्चित जस्तै रहेको भण्डारीले जानकारी दिए । पत्रेखोलामा सम्झौंता भएको पाँच वर्षको अवधि गुजार्दा समेत पुल निर्माणको काम अपुरै राखेको हुँदा त्यसमा पनि शंखरमाली प्राली कारवाहीमा पर्ने सत प्रतिसत निश्चित रहेको ईञ्जिनियर भण्डारीले जानकारी दिए
यसैबीच सडक डिभिजनले धमाधम कारवाही गर्न थालेपछि आफुहरुपनि कारवाहीमा पर्ने त्रासले निर्माण व्यवसायीहरुले काममा तीव्रता दिन थालेका छन् ।

सडक डिभिजन कार्यालयका अनुसार हाल जिल्लामा १३ वटा पुलहरु निर्माणाधिन अवस्थामा छन् । ती पुलहरु निर्माण गर्न ४८ करोड ३५ लाख रकम छुट्याइएको छ । निर्माणाधिन पुल र सडक समयमै निर्माण सम्पन्न नहुँदा एकातिर जोखिम बढेको छ भने अर्को तर्फ ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ । निर्माणाधिन सडक र पुल क्षेत्रमा पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *