२०८१ बैशाख १० गते सोमवार

छनौट प्रतियोगितामा चार सय बढी खेलाडी सहभागी


जीतसागर जी.एम., दाङ,चैत १८ । दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् ।

एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो ।

यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । पछिल्लो समय फुटबल क्षेत्रमा गतिविधि उल्लेख्यरुपमा बढेपछि १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा दाङबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएको अखिल नेपाल फुटबल संघ (एन्फा)दाङका अध्यक्ष संजात धितालले बताए ।

उनले विभिन्न समयमा प्रतियोगिताको आयोजना गरिन थालेकाले पनि फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएको बताए ।

जिल्लास्तरिय छनौट प्रतियोगितामा ३० जना छात्रा र ३ सय ७४ जना छात्र खेलाडीले सहभागीता जनाएको उनले बताए ।

१३ वर्ष मुनिको फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङको तुलसीपुरमा शुक्रबार र शनिबार दुईसम्म जिल्लास्तरिय छनौट प्रतियोगिता भएको हो ।

जिल्लामा छनौट भएकाको नामावली आइतबार साँझसम्म प्रकाशित गरिने जिल्ला अध्यक्ष धितालले बताए ।

जिल्लाबाट छनौट भएका खेलाडीले प्रदेश हुँदै केन्द्रको प्रतियोगितामा सहभागीता जनाउन पाउने उनले बताए ।

यहि चैत २४ देखि ३० गतेसम्म प्रदेशस्तरिय छनौट प्रतियोगिता हुने एन्फा दाङका कोच दुर्गा राजलवटले जानकारी दिए।

उनले एन्फा दाङमा नयाँ नेतृत्व आएपछि फुटबल खेलका गतिविधि बढेको बताए ।

खेलकुदमा गतिविध बढेकै कारण खेल प्रतियोगितामा उत्साहजनक सहभागीता हुन थालेको उनको भनाई छ ।

जिल्लास्तरिय छनौट प्रतियोगिताको अनुगमन, निरिक्षण एन्फा लुम्बिनी प्रदेशका कोषाध्यक्ष केशव चौधरी (मिग्मा)ले गरेका हुन ।

एन्फाले काठ्माण्डौँमा बैशाख ३ गतेदेखि १० गतेसम्म हुने छनौट प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई आवासिय सुविधासहित खेल प्रशिक्षण गराउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *