२०८३ बैशाख १४ गते सोमवार

सभामुख देवराज घिमिरेले राजनीतिक दलका सचेतकहरुसँग परामर्स गर्दै

काठमाडौँ,चैत १७ । सभामुख देवराज घिमिरेले आज प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै छन्।

संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारिता लगायतका विषयमा छलफल हुन लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई आमन्त्रण गरिएको छ।

संसद् बैठक भोलि बस्ने भएकोले त्यसअघि प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले परामर्श गर्न लागेका हुन्।

प्रकाशित मिति : २०८० चैत्र १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *