दाङ, चैत ९ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा रहेको प्रभु बैंकबाट करोडौ रकम अपचलन गरेको आरोप लागेका बैंककै कर्मचारी भारतबाट पक्राउ पछि नेपाल ल्याइएका छन् ।
बैंकका अपरेसन इञ्चार्ज रुकुम पश्चिमले आठबीसकोट नगरपालिका– ११ का ३१ बर्षिय निरजबिक्रम शाहलाई भारतिय प्रहरीको सहयोगमा पक्राउ पछि नेपाल ल्याइ शुक्रबार रुकुम पश्चिम प्रहरीले सार्वजयिनक गरेको हो ।
शाह बिरुद्ध बैंकले नै सर्वसाधारण वचत कर्ताका १ करोड ३१ लाख २५ हजार रकम हिनामिना तथा अपचलण गरि मुद्दा दायर गरेको थियो । माघ २१ गते यता फरार रहँदै आएका शाहलाई छिमेकी देश भारतको गुवाबाट पक्राउ पछि नेपाल ल्याइएको स्रोतले बताएको छ ।
उनी बिरुद्ध चलेको बैंकिङ कसूर मुद्दाका आधारमा पक्राउ गरिएको रुकुम पश्चिममा प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा बताए ।
शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमती जारी भएको थियो ।
त्यसपछि प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतिय प्रहरीको सहयोगमा शाहलाई पक्राउ गरि नेपाल ल्याएको हो ।
पक्राउ गरि ल्याइएका शाहलाई उच्च अदालत वीरेन्द्रनगर सुर्खेतमा चैत ८ गते उपस्थित गराइएको थियो । अदालतले उनलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अनुमती दिएको छ । वचत कर्ताको एक करोड बढी रकम अपचलन गरि फरार हुँदा बैंकका कर्मचारी शाहले बिदेशमा रहेका ब्यक्तिको श्रीमती र बच्चासहित भारत प्रबेश गरेको स्रोतले बताएको छ ।