२०८२ जेष्ठ ३० गते शुक्रवार

युक्रेनी सेनाको बन्धक बनेका दाङका प्रतिक पुन सहित ८ जना सार्वजनिक

काठमाण्डौ ,चैत ४ । युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जना विदेशी सैनिकलाई सार्वजनिक गरेको छ।

युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित ५ जना नेपालीलाई सार्वजनिक गरेको हो।

युक्रेनमा हाल राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन्।

प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो।

युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन्।

लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन्।

उनीहरूलाई सार्वजनिक गर्दै रसियासँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित देशलाई पनि अपील गरेको छ।

तेस्रो देशका नागरिक यो युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ।

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *