
घोराही, १४ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ उरहरीमा मंगलबार महिला सचेतना सम्बन्धी कार्यक्रम भएको छ । एमनेष्टि इन्टरनेसनल कृषि क्याम्पस युथ नेटवर्क लमजुङको आयोजनामा कार्यक्रम भएको हो । उरहरीको वडा कार्यालयमा भएको कार्यक्रममा महिला सशक्तिकरणलगायत पाठेघर खस्ने समस्या, महिलाको प्रजनन् अधिकार र डिप्रेसनका बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।
युथ नेटवर्कका संयोजक घनश्याम केसीका अनुसार कार्यक्रममा स्थानीय ४० जना महिलाहरुको सहभागिता थियो । कार्यक्रममा महिलामाथि हुने हिंसा र त्यसवाट कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा छलफल भएको थियो ।
प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार