२०८१ बैशाख १९ गते बुधवार

बिनोद पोख्रेलको ‘जीवन’ सार्वजनिक


तुलसीपुर, फागुन २६ । लेखक तथा साहित्यकार बिनोद पाख्रेलको गीत ‘जीवन’सार्वजनिक भएको छ ।


गीतमा नेपाली सुगम संगीतका लोकप्रिय गायक शिशिर योगीको स्वर छ भने चर्चित संगितकार सञ्तोष श्रेष्ठको संगित छ । गीत सार्वजनिक भएको ४८ घन्टामै दुई हजार आठ भ्यूज पुगेको छ ।


गीत लेखक बिनोद पोख्रेल, उनकी धर्मपन्ति कमला पोख्रेलका साथै सुदन थापा, खुसी परियार, प्रेम डाँगी र श्री चौधरी लगाएतको अभिनय छ । गीतले कुनैपनि मानिस जीवन यापनका क्रममा भोग्ने जीवनका भोगाइ र परिवेशहरुको कथा बोकेको छ ।


जीवन यापनका क्रममा प्राप्त हुने घ्रिना, सदभाव, करुणा निरासा र आशाको जीवन चक्रको यर्थात चित्रण गीतले ब्यक्त गर्छ ।
घोराही निवासी बिनोद पोख्रेल बिपी चिन्तन दाङका अध्यक्ष र शिक्षक संघ दाङका पूर्व अध्यक्षपनि हुन । समय सामयिक देश काल र परिस्थितिका बारेमा उनका लेखहरु प्रकासित भइ रहन्छन् ।

लेखेक पोख्रेलका एक छोरा नेपाल पत्रकार महासंघ दाङका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलका पिता हुन ।

पछिल्लो समय पिता बिनोद पोखरेल सामान्ने बिरामी भइ उपचार पछि घरमै आराम गरि रहेको समयमा ‘जीवन’ भोगाइका कथाहरु गीतका माध्यमबाट उनले ब्यक्त गरेका छन् ।

https://m.youtube.com/watch?v=tcEe-ZwAFeY

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *