२०८१ असार ३ गते आइतवार

दाङमा बढ्दै आत्महत्याका घटना

तिन बर्षमा ७ सय जनाले ज्यान गुमाए

तुलसीपुर, फागुन २२। आत्महत्या रोकथाम सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरद्धारा सञ्चालित एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी) कार्यक्रम अन्तर्गत प्रहरी तथा सञ्चारकर्मीहरुको लागि आत्महत्या रोकथाम सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रको वारेमा जानकारी, लैगिक हिंसा न्यूनिकरण तथा नियन्त्रणमा सहयोग, आत्महत्या सम्वन्धि धारण, यथार्थता सत्यता आत्म हत्यारोकथामका सर उपाय र भुमिका आत्म हत्या जोखिममा रहेका व्यक्तिहरुको पहिचान गर्न तथा आत्महत्या रोकथामा सहयोग लगायतका विषयमा जानकारी गराएको थियो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. पदमराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले आत्महत्या गर्नका कारण धेरै भएपनि ९५ प्रतिसत व्यक्तिहरुले मानसिक रोगी भएको तथ्याङकले देखाएको बताए ।

त्यस्तै उनले बाँकी ५ प्रतिसत व्यक्तिहरुमा कहिले काहीँ एक्कासी तनावपूर्ण अवस्थामा आत्महत्याको प्रयास हुने देखिएको बताए । प्रहरी निरीक्षक बस्नेतले जिल्लामा तिन बर्षको अवधिमा ७ सय जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको तथ्याङकले देखाएको बताए ।

आर्थिक बर्ष २०७७÷०७८ मा विष सेवन गरेर ५७ जना, आत्महत्या दुरुत्साहन ७, पानीमा डुवेर भबितव्य २, हाम फाली ४ र झुण्डीयर १७७ जना गरि २ सय ४७ जनाले हात्म अत्या गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा २ सय २५ जना र आर्थिक बर्ष २०७९÷८०मा २ सय २८ जनाले विभिन्न माध्यमबाट आत्महत्या गरेको तथ्याङक रहेको बताए ।

बस्नेतले विश्वमा दिनमा ३ हजार जनाले आत्महत्या गर्ने गरेको बताए । उनले आत्महत्या विभिन्न कारणले हुने भन्दै यसलाई रोक्ने उपायहरु समेत बताए । त्यस्तै अस्पतालकी मनोसामाजिक विमर्शकर्ता डिला भुसालले विभिन्न कारणले आत्म हत्या गर्ने गरेको भन्दै आत्म हत्या रोकथामका लागि समाज, व्यक्ति र परिवारले अपनाउनु पर्ने उपायको बारेका जानकारी गराएकी थिइन् ।


उनले आत्म हत्या गर्ने संका लागेका व्यक्तिहरुको हरेक गतिविधिलाई नजिकबाट नियाल्ने र केही अनौठो महसुस गरेमा तुरुन्त डाक्टरलाई जानकारी गराउने, सहयोगी बन्ने र समय समयमा के चाहिन्छ, कस्तो छ भनेर सोधनेलगायतका कुराहरु जानकारी गराएकी थिइन् । त्यस्तै उनले आत्महत्या रोकथामका लागि सञ्चार कर्मीहरुको पनि ठुलो भुमिका हुने बताइन् ।

कार्यक्रममा अस्पतालकी वरिष्ठ नर्सीङ प्रमुख सविता कौसलले लैंगिक हिंसाका कारण पनि आत्म हत्या गर्ने गरेको भन्दै एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी) ले लैंगिक हिंसा सम्वन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरि हिंसा पीडित तथा प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य उपचार लगायत आवश्यक सेवा एकद्धारबाट उपलव्ध गराउने व्यवस्था मिलाई लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने गरेको बताइन् ।

कार्यक्रममा सहायक प्रहरी निरीक्षक सन्तोष आचार्य, पत्रकार बालाराम खड्का, यमकला भुसाल लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण एकद्धार व्यवस्थापन केन्द्र (ओसिएमसी)का फोकलपर्सन धनबहादुर केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *