२०८१ चैत्र ४ गते सोमवार

‘ईच्छुक’पत्रकारिता पुरस्कार शर्मालाई


दाङ, जेठ १३ ।
यस वर्षको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औँ स्मृति दिवसका अवसरमा सोमबार दाङको घोराहीमा नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल र जनसाँस्कृतिक महासंघले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा शर्मालाई पुरस्कार प्रदान गरिएको हो ।

प्रेस संगठन नेपाल दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ प्रगतिशील नेपालका पूर्व अध्यक्ष डा. अमर गिरीले शर्मालाई प्रदान गरेका हुन् । शर्मालाई नगद १० हजार पनि प्रदान गरिएको छ । यो राशिको पुरस्कार हरेक वर्ष एकजना पत्रकारलाई स्मृति दिवसका अवसरमा प्रदान गरिदै आइएको छ । मुलुकको पत्रकारिताको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शर्मालाई त्यो पुरस्कार प्रदान गरिएको हो । शर्मा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष हुन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई प्रदान गरिएको छ । नौलो जनउभारका पूर्व सम्पादकसमेत रहेका पीडितलाई पनि १० हजार नगद पुरस्कार प्रदान गरिएको हो । त्यस्तै अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक स्मृति साहित्यिक पुरस्कार’बाट साहित्यकार सौगात आचार्य पुरस्कृत भएका छन् । उनलाई ५० हजार पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

विसं २०१३ कात्तिकमा भारतको देहरादूनमा जन्मिएका इच्छुकको बाल्यकाल दाङमा बितेको थियो । लामो समयसम्म दाङको देउखुरीलाई कार्यक्षेत्र बनाएका शर्मा जनादेश साप्ताहिकको सम्पादक रहेको बेला पक्राउ परेका थिए । प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लवमा हिरासतमा रहेको समयमा उनको विसं २०५९ जेठ १३ गते हत्या भएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *