दाङ, फागुन २० । बर्दियामा १३ बर्षीया बालिका बलात्कार आरोपी २० बर्षीय एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बारबर्दिया नगरपालिका – २ गौरिपाराका २० बर्षीय बिकाश थारूलाई कक्षा ५ मा पढ्ने १३ बर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको छ ।
ती बालिकालाई बिकाशले शुक्रबार राति १२ बजेतिर ललाई फकाई नजिकै खेतमा लगेर बलात्कार गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
घर परिवारका सबै सदस्य संगै गाउँमा बिवाहमा गएको समयमा अभिभावक काममा ब्यस्त भएको समयमा बिकाशले ती बालिकालाई ललाई फकाई रातिमा एक्लै खेतमा लगी बलात्कार गरेको इलाका प्रहरी कार्यालय बनियाभारका प्रमुख प्रहरी निरीक्षक मनि श्रेष्ठले जानकारी दिए ।
घटना पछि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार