२०८१ बैशाख १० गते सोमवार

मन्चासिन मन्त्रीहरु, ओझेलमा समृद्धि

दाङ,फागुन १४ । केही महिना लुम्विनी प्रदेशका मुख्य मन्त्री डिल्ली वहादुर चौधरी रुपन्देहिमा किवानिज क्लवले आयोजना गरेको कार्यक्रमको निम्तो मान्न गए । तर त्यहां अर्कै प्रमुख अतिथिलाई पाएपछि उनले मुख्य मन्त्रीको पोर्टफोलियो आयोजकले हेक्का नगरेको भन्दै बिचमै कार्यक्रम वहिस्कार गरेर वाहिरिए ।

त्यो समाचारले विभिन्न सन्चार माध्यमहरु रंगिए पनि । मुख्यमन्त्री सचिवालयका विषयमा पनि यस्ता कार्यक्रममा किन सहभागि गराएको भन्ने सन्दर्भमा विभिन्न टिकाटिप्पणिहरु भए । चर्चाको विषय बनेको थियो कार्यक्रम बहिस्कार ।

फेरी उनै मुख्यमन्त्री पछिल्लो समयमा सामुदायिक तथा संस्थागत विद्यालयहरुका बार्षिकोत्सवमा अभ्यस्त बनाइए । मुख्य मन्त्रीको सचिवालयले सहजै स्कुलको बार्षिकोत्सवमा सहभागि हुन मुख्य मन्त्रीको बाटो बनाइदियो । त्यसपछि उनले यहि एक महिनाको सेरोफेरोमा आधारभुत मावि सौडियार, तुलसीपुरको आइडियल वोर्डिङ स्कुल र रक्षाचौर स्कुलको बार्षिकोत्सवमा पनि सहजै सहभागि भए । यहां मात्र होइन, मुख्यमन्त्री चौधरीले बर्दियामा पनि दुइ वटा स्कुलमा बार्षिकोत्सव समारोहमा समय दिन भ्याए ।

लुम्विनी प्रदेश सरकारका अर्का शक्तिशाली मन्त्री धन वहादुर मास्किले पनि विगत एक महिनामा केहि सामुदायिक स्कुलको बार्षिकोत्सव तथा केहिको अभिभावक भेलामा प्रमुख अतिथि बनेर दिन विताए ।

उनले जौवारीदेखि तुलसीपुर उपमहानगरपालिका—१७ हेमन्तपुरको शहिद स्मृति आवाशिय माविको बार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा मन्चाशिन देखिए । अन्य विकाशे आयोजनाको शिलान्यास र उद्घाटनको त लेखाजोखानै छैन । अचेल त यस्तो बानि पर्योकि स्कुल सन्चालकहरु मन्त्री गुहार्दै छन्, मन्त्रीहरु स्कुल चाहार्दै छन् । स्कुल मात्र होइन, जसले बोलाएपनि त्यहा प्रमुख अतिथ बन्ने होडमा छन् मन्त्रीहरु ।

पाल्पादेखि पश्चिम दाङ सम्मका योजना अनुगमन र राजधानी पुर्वाधार निर्माणका योजना बोकेर मुख्य मन्त्रीलाइ थाहै नदिइ सुटुक्क कार्यकर्ता वोकेर काठमाण्डौमा प्रधानमन्त्रीलाइ भेट्न समेत भ्याए । जुन कत्तिको उपलव्धिपुर्ण डेलिगेशन थियो, त्यो त सन्चार माध्यममा छताछुल्ल भैसकेको छ ।

त्यसैगरी लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले पनि स्कुलको बार्षिकोत्सवलाइ प्रमुख अतिथिको निम्तो नकार्न सक्दैनन् । केहि दिन यता उनले घोराही उपमहानगरपालिकाका दुइ वटा विद्यालयको बार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा दिन विताए ।

अन्य संघसंस्थाका कार्यक्रमहरु त उनले प्रमुख आतिथ्यता जनाएका दर्जनौं छन् । यो शैलिले प्रदेश सरकारको चालु खर्च अस्वाभाविक रुपमा बृद्धि भएको छ । जसले विकाश खर्चमा भारी कटौति गर्नुपर्ने अवस्था नजिकिंदै आएको छ ।

यी त दाङका मन्त्रीहरुका मात्र दिनचर्या हुन् । अन्य जिल्लाबाट प्रदेश सरकारमा मन्त्री बन्नेहरुको चालचलन पनि यस्तै छ । सहकारीको साधारणसभा देखि विद्यालयको बार्षिकोत्सव र सामुदायिक वनको साधारणसभा समेत छाड्दैनन् प्रदेश सरकारका मन्त्रीहरु ।

‘कति फुर्सदीला मन्त्रीहरु’, जनताको फोन उठाउदैनन्, प्रमुख अतिथि पाए भने स्कुल चाहर्न पनि छाड्दैनन्’, दुधरासका एक जना कांग्रेस कार्यकर्ताले चियापशलमा यस्तै अभिव्यक्ति दिइरहेका थिए । मुख्य मन्त्रीको त फोन नउठ्ने समस्याका विषयमा धेरै कार्यकर्ताहरुमा गुनासो छ ।

मुख्य मन्त्री र मन्त्रीहरुलाइ यसरी कार्यक्रममा पुग्न हौस्याउने सचिवालयहरु भने आफुहरु वेखवर भएको अभिव्यक्ति दिइरहेका छन् । यद्धपि उनीहरुलाइ पनि मन्त्रीहरुको यो आनीवानी मनपरेको भने छैन । ‘हो लेखिदिनुस्, मन्त्रीज्युहरुले सचिवालयलाइ जानकारीनै नगराएर आफै कार्यक्रममा पुग्नुहुन्छ’, मुख्यमन्त्री सचिवालय श्रोतले भन्यो । मन्त्रीहरुको यो व्यवहारले सचिवालय सदस्यहरु देखि सल्लाहकार सम्म पनि हुक्क छन् ।

प्रदेश सरकारका मन्त्रीहरु यसरी कार्यक्रममा मन्चासिन भैरहंदा आर्थिक बर्ष सकिन जम्मा पाच महिना मात्रै बाकि रहंदा विकाश खर्च मस्कीलले आज समाचार लेखिरहंदाको दिन सम्म २२ दशमलव ३५ प्रतिसत मात्रै पुगेको छ । अब बाकि विकाश खर्च कसरी सकिन्छ, बाकि पाच महिनामा? यो गम्भीर प्रश्नको जवाफ छैन मन्त्रीहरुसंग । प्रदेश सरकार माताहतका अरबौं बजेटका आयोजनाहरु अलपत्र अवस्थामा छन् ।

पिल्लर ठडाएको ६ बर्षमा पनि पक्कि पुल निर्माण सम्पन्न हुदैनन् । प्रादेशिक अस्पतालका भवनहरु अधुरो निर्माणका कारण हस्तान्तरण हुन सकिरहेका छैनन् । प्रदेशका सडक आयोजनाहरुमा गुणस्तरीयताको गम्भीर प्रश्न उठिरहेका छन् ठेकेदारहरु काम छाडेर सम्पर्क विहिन भएका छन् । स्वास्थ्य संस्थाको स्तरबृद्धि गर्नकालागी एमओइ समेत हुन सकेको छैन ।

यति मात्र होइन, वर्तमान प्रदेश सरकारले अघि सारेको मुख्य मन्त्री आर्थिक विकाश कार्यक्रम पनि मन्चको भाषणमा मात्रै सिमित छ । एक अर्व रुपैया भन्दा बढि बजेट राखिएको भनिएको प्रदेश सरकारको रोजगार बृद्धिका दृष्टिले गौरवको आयोजनामा कार्यक्रम सुरु गर्ने कार्यविधि समेत निर्माण हुन सकेको छैन ।

बजेट विनियोजन भएर कार्यान्वयनमा आएको ७ महिना वितिसक्दा पनि गौरवको कार्यक्रमको कार्यविधिनै निर्माण हुन नसक्नु दुःखद भएको पनि प्रदेशबासीहरुको बुझाइ छ । ‘अति भो मन्त्रीहरुको कार्यव्यस्तता, तर प्रगति त खै देखिएन’, तुलसीपुर उपमहानगरपालिका—१७ निवासी च्यावन भट्टराइको टिप्पणि हो यो ।

त्यसो त लुम्विनी प्रदेश सरकारले यो बर्ष चलायमान र स्पष्ट भिजन भएको प्रदेश योजना आयोगको नेतृत्व पनि पाएको छ । तर मन्त्रीहरुको यो अनावस्यक व्यस्ततामा प्रदेश योजना आयोग पनि सन्तुष्ट छैन ।

मन्त्रीहरु अनावस्यक रुपमा मन्चासिन हुन पुग्दा प्रदेश सरकारको दैनिक खर्चमा एकातिर बृद्धि भैरहेको छ भने योजना कार्यान्वयन र परामर्शमा पनि समस्या सृजना भएको आयोगको ठहर छ ।

मन्त्रीहरुको कार्यक्रमलाइ प्रार्थमिकतामा राख्ने यो चालालाइ कसरी लिनुभएको छ? यो प्रश्नको उत्तर दिन प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले भने केहि टिप्पणि दिन चाहेनन् । उनले यति मात्र भने मन्त्रीहरुका विषयमा अहिल्यै टिकाटिप्पणि नगरौं ।

उनको एउटा मात्र अभिव्यक्ति थियो, मन्त्रीज्युहरुले आफ्नो खर्च योजना सहितको बार्षिक योजना बनाएर चल्न सके राम्रो हुने थियो । संस्थागत सामिप्यता र प्रदेशको समग्र समृद्धिका योजनालाइ सन्तुलनमा राखेर मन्त्रीज्युहरु अघि बढ्नुपर्ने उनको अभिव्यक्ति थियो ।

‘जुनसुकै कार्यक्रममा सहजै सहभागि हुने मन्त्रीहरुको कार्यशैलि एउटा दिर्घकालिन रोग पनि हो’, एक जना कांग्रेस नेता भन्छन्, एउटा स्कुलको बार्षिकोत्सवमा प्रमुख अतिथि बनेपछि अर्कोलाइ इन्कार गर्न पनि त समस्या हुन्छ । अव यो दिर्घकालिन समस्यालाइ क्रमश मन्त्रीहरुले सुधारगर्दे जानुपर्ने पनि ती नेताको सुझाव थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *