२०८२ मङ्सिर २२ गते सोमवार

दाङका नीजि विद्यालय गर्मीका कारण ४ दिन वन्द हुने


दाङ, जेठ १२ । दिनानु दिन गर्मी बढ्दै गएपछि दाङका नीजि विद्यालय वन्द गरिदै छ । नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याव्सनले आइतवार संयुक्त विज्ञप्ति मार्फत गर्मी बढेको कारण केही दिन पठ्न पाठन वन्द गर्न लागेको जानकारी दिएका छन् ।
प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढा र एनप्याब्सनक अध्यक्ष भिमबहादुर बुढाथोकीले जेठ १४ गतेदेखि १७ गतेसम्म नीजि विद्यालयहरु बन्द गर्न लागेको जानकारी दिएका छन् ।

मौसम परिवर्तन संगै विद्यालयमा विरामी विद्यार्थीको संख्या बढ्दै गएको र त्यसले पठन पाठनमा समस्या परेको भन्दै चार दिन विद्यालय विदा गर्न लागेको उल्लेख गरिएको छ । विज्ञप्तिमा अभिभावकलाई विद्यार्थीको खानपिनमा समेत हेक्का राखिदिन आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *