२०८१ बैशाख १० गते सोमवार

जितेन्द्रमान नेपालीको टेलर्समा चोरी

दाङ जेठ १२ । घोराहीको सहिद गेट नजिक रहेको कपडा पसलमा चोरी भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सञ्चालन गरेको नारायणी टेलर्समा शुक्रवार राति चोरी भएको हो । पसलमा राखेको तयारी कपडा, काँचो कपडा र नगद गरेर १० लाख बराबरको चोरी भएको सञ्चालक नेपालीले बताए ।

घरबेटीले खबर गरेपछि पसल चोरी भएको खबर पाएको र त्यसपछि प्रहरीलाई खबर गरेको उनले बताए । प्रहरीले घटनाको मुचुल्का उठाएर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *