दाङ, माघ २१ । लुम्बिनी प्रदेश सरकारले आइतबार स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवशरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ गतेलाई प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको छ ।
दिवसका अबशरमा बिभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगाएतले सम्बोधन गर्ने छन् ।
दिवसकै अवशरमा पत्रकार लगाएत बिभिन्न क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
मुख्यमन्त्री चौधरीले संघीयताको मर्म, भावना र उदेश्यलाई परिपुर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने बिश्वास व्यक्त गरे । उनले प्रदेशले पूर्ण अधिकार प्राप्त गरि कार्यान्वयनको चरणमा प्रबेश गरेको दिनदेखि संघीयता थप सबल बन्ने आशा ब्यक्त गरे ।
यही अबशरमा प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन संघीयताको मुल मर्म बुझ्नु पर्ने उल्लेख गरेका छन् । अझै जनमुखी, जनउत्तरदायी भई काम गर्नु पर्ने आवस्यकता औल्याउँदै उनले शुन्य संरचनाबाट शुरु भएको लुम्विनी प्रदेश सभा र सरकारले तीव्र गतिका साथ काम थालेको बताएका छन् ।
सरकारले सेवा स्थायी राजधानी राप्ती उपत्यका देउखुरी प्रारम्भ गर्नु पनि उपलब्धीको विषय भएको उनले बताएका छन् ।
