२०८३ असार ६ गते शनिवार

मानसिक सन्तुलन गुमाएकी विकलाई आर्थिक सहयोग

यमकला भुसाल,
तुलसीपुर,जेठ १० । आर्थिक रुपमा विपन्न ,अशक्त र मानसिक सन्तुलन गुमाएकी तुलसीपुरकी एक महिलालाई तुलसीपुर उपमहानगरपालिकामा रहेको न्यायीक समितीले आर्थिक सहयोग गरेको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरि उपमहानगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिती सयोजंक माया आचार्यको सयोजकत्वमा तुलसीपुर ५ निवासी गौथली विकलाई १२ हजार रुपैया आर्थिक सहयोग गरिएको हो । विकको उपचारमा सहयोग पुगोस भनी उक्त रकम सहयोग गरिएको न्यायीक समितीले जनाएको छ ।

मानसिक सन्तुलन गुमाएकी तुलसीपुर ५ नयाँ वसपार्क निवासी २७ वर्षिय गौथली विक गत ३ महिना अगाडी प्रदेश नंम्बर ७ धनगढी उपमहानगरपालिकाको वसपार्क नजिकै सडकमा अलपत्र अवस्थामा भेटेपछि उनलाई धनगढीमा रहेको दृष्टी फाउन्डेशन नेपालकी कल्पना भट्टको टोलीले सडकबाट उद्धार गरि दृष्टी फाउन्डेशनमा सरक्षण तथा उपचारका लागी राखेको थियो ।

विकको उपचार पछि मानसिक सुधार भएको र सोधपुछ गर्दा दाङ तुलसीपुर ठेगाना बताएपछि कल्पना भट्ले तुलसीपुर उपमहानगरपालिकाको न्यायीक समितीमा खबर गरेकी थिइन् । त्यसलगत्तै न्यायीक समिती सयोजंक माया आचार्यको टोलीले गौथली विकलाई कर्मचारी परिचालन गरी बैशाख ३ गते दाङ ल्याएको थियो । कार्यक्रममा बोल्दै सयोजंक आचार्यले उक्त महिलालाई उद्धार गरेर स्थानीय सरकार र न्यायीक समितीको जिम्मेवारीलाई पुरा गरेको बताइन । उनिले भनीन,–न्यायी समितीमा आउने व्यक्तीलाई मुद्धा मिलाएर मात्र होइन,परि आए अन्य समस्यामा परेका व्यक्तीलाई पनि सहयोग र उद्धार गर्ने काम गछौँ । आर्थिक रुपमा विपन्न र मानसिक सन्तुलन गुमाएकी विकलाई उपमहानगरपालिकामा रहेको स्वास्थ्य शाखाले निशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेको सयोजंक आचार्यले बताइन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *