२०८२ असार १ गते सोमवार

सुबिधासम्पन्न गाउँ बनाउने काँग्रेसको अभियान हो – सहमहामन्त्री राठोर

तुलसीपुर , माघ १० । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले सुबिधा सम्पन्न गाउँ बनाउने अभियानमा काँग्रेस लाग्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता राठोरले त्यस्तो बताएका हुन ।

‘ हामी सुबिधा सम्पन्न गाउँ बनाउने हो,’ उनले भने ‘ सबै कुराको सुबिधा आफ्नो गाउँ र घरमै बसेर प्राप्त गर्ने मुलुक बनाउने काँग्रेसले अभियान हो।’

नेपालमा चलेको दश बर्षे लामो द्धन्द लगाएतको कारणले काँग्रेसले लिन चाहेको बिकासको गति अबरुद्ध भएको र त्यसले गर्दा देश अहिलेको स्थितिमा आइ पुगेको भएपनि फेरि त्यसलाई सुधार्ने दायित्वपनि काँग्रेसकै भएको सहमहामन्त्री राठोरले बताए ।

२०४६ पछि काँग्रेसले लिएको खुल्ला अर्थनीतिकै कारण मुलुकमा बिगत भन्दा धेरै नै परिवर्तनहरु भएको पनि उनले बताए । लामो इतिहास बोकेको र तीन वटा आन्दोलनको नेतृत्व गरेको काँग्रेस पार्टीले गर्न नसकेको काम अहिलेका च्याउ जस्तै मुर्मिएका पार्टीले गर्न नसक्ने उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेलाई नेता राठोरले कुनैदिन नागरिकता त्यागेर देश छोडेर भागेका भगौडाहरुले देश बनाउँछन भन्ने भ्रम मात्रै भएको दाबी गरेका थिए ।

उनले निराशाबादी कुरा मात्रै गरि बस्नु भन्दा सकारात्मक कुरा गर्न तथा केही काम गरि बस्न आग्रह गरेका थिए ।

पार्टी भित्र राम्रो गर्नेलाई पुरुकृत र गल्ती गर्नेलाई दण्डित गर्ने परिपाटीको बिकास नहुँदा समस्या भएको नेता राठोरको तर्क थियो ।
इमान्दार भइ हरेक काँग्रेसका सदस्य वडा तहबाट संगठन मजबुत बनाउने अभियानमा लागे भविश्यमा काँग्रेसलाई कसैले हराउन नसक्ने उनले बताएका थिए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमलाई काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिस्लिनाले काँग्रेस एक ढिक्का भए कुनै शक्तिले हराउन नसक्ने बताएका थिए ।

नेपाल प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशिल बस्नेतको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण पूर्व जिल्ला कोषाध्यक्ष शरद रेग्मीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *