२०८० फाल्गुन २० गते आइतवार

तुलसीपुर उज्यालो पार्न ‘हाइमाष्ट लाइट’ राख्ने तयारी

दाङ, माघ ७ । तुलसीपुर बजारलाई रातिमा पनि उज्यालो पारिराख्न ‘हाइमाष्ट लाइट’ स्थापना गर्न थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारले बिजौरीमा एउटा र तुलसीपुरमा दुई वटा त्यस्ता लाइट स्थापना गर्ने तयारी गरि रहेको हो । त्यस्ता लाइट राख्न सर्भेको लागि प्राबिधक आउने भएको छ ।


लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर बजारलाई रातिमा थप सुरक्षित बनाउन हाइमाष्ट लाइट स्थापना गर्न थालिएको फरककोणलाई बताए ।

‘ हाइमाष्ट लाइट स्थापना पछि तुलसीपुर बजार क्षेत्रमा रातिको समयमा हुने अपराधिक घटनाहरु न्यूनिकरण गर्न सहज हुने विश्वास छ,’ उनले भने ‘ तुलसीपुर बजार क्षेत्रलाई रात दिन सदाबहार सुरक्षित र उज्लायो बनाउने हाम्रो प्रयास हुने छ ।’

पछिल्लो समय तुलसीपुरको बसपार्क क्षेत्रमा अपराधिक घटना बढेको हुँदा त्यस्तो एउटा लाइट बसपार्कमा र अर्कौ लाइट मुख्य बजारको (क) लाइनमा राखिने भएको छ ।
ती लाइट स्थापना गर्ने ठाउँदेखि त्यसको ब्यबस्थापन गर्ने जिम्मा भने तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीलाई प्रदान गरिएको छ ।


महासचिव केसीले अबको हप्ता दिन भित्रै सर्भेको काम पुरा हुने र त्यसपछि तुलसीपुरमा ती हाइमाष्ट लाइटहरु राख्ने प्रकृया अगाडि बढ्ने जानकारी दिए ।

त्यस्तो एउटा लाइटलाइ कम्तिमा पनि आधा करोड जति पर्ने अनुमान गरिएको छ । उच्च भोल्टेजको बिद्युत आवश्यक पर्ने हुँदा त्यस्ता लाइटमा खपत हुने बिजुली बत्तिको बिल तुलसीपुर उपमहानगरपालिका र तुलसीपुर उद्योग बाणिज्य संघले मिलेर ब्यबस्थापन गर्ने भन्ने कुरापनि भइरहेको स्रोतले बताएको छ ।

तस्वीर : गुगलबाट ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *