२०७७ कार्तिक ४ गते मङ्गलवार

सडकमा गुडाइरहेका ९ ठेला नियन्त्रणमा

यमकला भुसाल,
तुलसीपुर,जेठ ९। तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रको व्यवस्त सडकमा गुडाइरहेका ९ वटा ठेला नियन्त्रणमा लिएको छ । बुधवार तुलसीपुर उपमहानगरपालिकाबाट खटिएको अनुगमन टोलीले नौ वटा ठेला सहित तरकारी,फलफुल,केही ढक,तराजु नियन्त्रणमा लिएको उपमहानगरपालिकाका बातावरण तथा सरसफाई शाखाका नासु खेमकान्त पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिइएका ठेलामा रहेका फलफुल, तरकारी र अन्य सामानहरु जरिवाना काटेर तत्कालै फिर्ता दिइएको पाण्डेले बताए । उनका अनुसार कार्यपालिकाको निणर्य अनुसार उनीहरुलाई प्रत्येक व्यक्ती ६ सयका दरले जरिवाना समेत तिराइएको छ । ठेला व्यापारीक्रै कारण तुलसीपुर वसपार्क वरिपरी मात्र २५ जनाको सडक दुघर्टनाबाट मृत्यु भएको र १२ जना घाइते भएको पाण्डले बताए । यसको लागी पटक पटक सुचनाहरु सार्वजनिक समेत गरियो,तर ठेला व्यवसायीले अटेरी गरिरहे,उनले भने । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका कार्यालय भित्र अहिले २८ थान ठेला जफत गरेर थन्काइएको र त्यसबाट करिव ३ लाख जरिवाना उठी सकेको छ ।

यसैगरि तुलसीपुर क्षेत्रमा घुमुवा ठेला व्यापारी बढन् थालेपछि उपमहानगरपालिकाको ५६ औ कार्यपालिका बैठकको निर्णय नंम्बर १८ मा उपमहानगरपालिकाको क्षेत्रिय वडा नं ५ को पुरै क्षेत्र र वडा नं ६,७,८ र ९ को सहरी क्षेत्र भित्र ठेला रिक्साको व्यापार गर्न पुरै बन्देज गर्ने र कसैले अटेर गरेमा ठेला,रिक्सा जफत गरि सामानको शुल्क लिएर समान भरी फिर्ता गर्ने तर ठेला रिक्सा जफत गर्ने निणर्य गरिएको उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । उनले तुलसीपुर क्षेत्रमा पछिल्लो समय ठेला व्यापारीको सङ्या बढेको जानकारी दिए ।

अहिले उपमहानगरपालिका भित्र मात्रै २ सय बढी ठेला व्यापारी रहेको र अधिकाशं ठेला दर्ता प्रक्रियामा समेत नआएको खरेलले बताए । ठेला व्यापारीले गर्दा सडक दुघर्टना बढ्ने,बजारको सौन्दर्य घट्ने र कर तिरेर बजारमा बस्ने व्यापारीलाई समेत घाटा हुने,असर पर्ने खालका निवेदनहरु उपमहानगरपालिकामा आउने गरेको अधिकारी खरेलको भनाई छ । उनीहरुलाई जग्गा दिन उपमहानगरपालिकामा पप्र्यात जग्गा पनि छैन,यसको संख्या दिनानुदिन बढ्दै गएको छ,त्यसैले यसको नियन्त्रण भन्दा अर्को बिकल्प छैन,उनले भने ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *