२०८० फाल्गुन १२ गते शनिवार

जो राप्ती नदीमा बस खस्दै गर्दा हाम फालेर बाँचे …

दाङ, पुस २८ । भालुवाङस्थित राप्ती नदीमा बस खस्नु भन्दा पहिलै एक जनाले हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका – १२ कोरियनपुरका २४ बर्षीय आसुतोस गौतमले पूर्व तर्फ जान थालेको भे १ ख ३९१२ नम्बरको बसमा सवार रहेका बेला बस राप्ती नदीमा खस्न थालेपछि ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भएका हुन ।


नेपालगंजबाट उक्त बस चढेर शनिबार बुटवलमा राष्ट्रिय बाणिज्य बैंकको परीक्षा दिन जान थालेका गौतम बस दुर्घटना हुनु भन्दा पहिला बस नजिकै उभिइ रहेका थिए ।

भालुवाङ बजारको ट्राफिक चकेपोष्ट अगाडि चालक सल्यानका २८ बर्षीय चालक लालबहादुर नेपालीले हाइड्रोलिक ढोका खोले खोलेपनि बस नरोकी हुँइक्याएको गौतमले बताए । ट्राफिक प्रहरीले गाडी रोक्न सिट्टी फुकेपछि चालक लालबहादुरले त्यसको वास्ता नगरी बस तीब्र गतिमा हुँइक्याएको उनले बताए ।
जुन बसको ढोका खुल्लै थियो ।

तीब्र गतिको बस पुलमा दायाँ बायाँ गर्दै अनियन्त्रित तालमा अगाडि बढ्दै गर्दा पुलको डिभाइडरमा ठोक्किना साथ आँफुले पुलमा हाम फालेर ज्यान जोगाउन सफल भएको उनले फोनमा जानकारी दिए ।

हाम फाल्दा पुलमाथि एक बिल्डिङ खाएपनि गौतम सकुशल नै रहेको बताए । दायाँ हातमा सामान्ने चोट लागेपनि एक्सरे गर्दा भित्री केही चोट नदेखिएको हुँदा आँफु घर फर्कि सकेको उनले बताए ।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *