२०८० फाल्गुन २० गते आइतवार

एमालेले तुलसीपुरमा मुठभेड निम्त्याउन खोज्यो – प्रेम शाह

तुलसीपुर, पुस २६ । नेकपा एमालेले तुलसीपुरमा मुठभेड निम्त्याउन खोजेको बक्ताहरुले आरोप लगाएका छन् ।

रिपोटर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रपिता पृथ्बी नारायण शाह प्रतिष्ठानका पदााधिकारीहरुले त्यस्तो आरोप लगाएका हुन ।

पत्रकार सम्मेलनमा प्रेम शाहले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले तुलसीपुरमा मुठभेड तिम्त्याउन चाहिरहेको आरोप लगाएका थिए । ‘कमरेडहरुले आँफै धामी आँफै बोक्सिको जस्तो भूमिका निर्वाह गरि रहनु भएको छ,’ शाहले भने ‘ उहाँहरु मुठभेड निम्त्याउन खोजे त्यो स्वीकार्य हुन्न, हामी प्रतिकार गर्न तयार छौं।’

तुलसीपुर उपमहानगरपालिका – ६ स्थित पुरानो बाहनी चोकको नामांकरण सम्बन्धमा पछिल्लो समय बिबाद सुरु भएको छ । मेयरमा निर्वाचित भएपछि टीकाराम खड्काले बाहिनी चोकलाई पृथ्बी चोक नामांकरणसहित शालिक राख्न दिनका लागि अनुमति दिएका थिए । तर, उनी भन्दा पहिलेका मेयरले भने त्यो चोकको नाम नेत्रलाल राख्ने निर्णय गरेका थिए ।

पुस २७ गते नजिक पृथ्बी जन्ति नजिक आउँदै गर्दा बाहिनी चोकमा एक थरिले पृथ्बीको तस्बिर राखेका थिए । त्यसलाई तुलसीपुर – ६ का वडाध्यक्ष दुजमान भण्डारीसहितको टोलीले हटाउँदै उक्त चोकको नाम नेत्रलाल भएको दाबी गरेको थियो ।

चोकको बिषयलाई लिएर पछिल्लो समय आपसमा आरोप प्रत्यारोप र बिबादहरु सुरु हुन थालेको हो । जनप्रतिनिधिको अपरिपक्व र अदुदर्सी निर्णयका कारण तुलसीपुरमा चोकको नामंकरणको बिषयलाई लिएर मुठभेड हुने हो कि ? भन्ने सोचले प्रहरी प्रशासनले पनि त्यही रुपमा तयारी गरेको स्रोत बताउँछ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *