२०७७ कार्तिक ३ गते सोमवार

पाँचथरमा गएराति ९ जनाको विभत्स हत्या

काठमाडौं, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा दुई परिवारका ९ जनाको सामुहिक हत्या भएको छ । एकजना १२ बर्षीया बालिका भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको परिवारको वंश नै नाश हुने गरि विभत्स हत्याकाण्ड गरेको प्रहरीले जानकारी दिएको छ । भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले नकाव लगाएका अपराधिक समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको प्रहरीलाई बताएकी छन् ।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताएका छन् । घटनास्थल सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ।

प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स हत्या गरिएको अवस्था शव फेला परेको छ । सोमवार राति हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

सामुहिक हत्याकाण्ड अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री घटनास्थल तर्फ प्रस्थान गरेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *