२०८१ चैत्र ६ गते बुधवार

जेसिसले तुलसीपुरका विभिन्न ठाउँमा स्वागत बोर्ड स्थापना गर्यो


यमकला भुसाल,
तुलसीपुर, जेठ ५ । तुलसीपुर नगर जेसिसले साताव्यापी कार्यक्रम अन्तर्गत आइतवार चौथो दिन जिल्लाका विभिन्न स्थानमा स्वागत बोर्ड स्थापना गरेको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका ५ वटा वडामा जेसिजले बोर्ड स्थापना गरेको हो । तुलसीपुर वडा नं १ पातेटाकुरा खोलामा वडा अध्यक्ष लक्ष्मण घण्डारीको आतिथ्यतामा बोर्ड स्थापना गरिएको छ ।

त्यस्तै वडा नं २ बागर खोलामा वडा अध्यक्ष राजु आचार्यको आतिथ्यतामा ,वडा नं. ३ स्थित राम्रीमा वडा अभ्यक्ष बिजय विकको आतिथ्यतामा,वडा नं. १३ स्थित अमिलिया भञ्ज्याङमा वडा अध्यक्ष डम्बरबहादुर न्यौपानेको आतिथ्यतामा र वडा न १८ स्थित मज्गैंमा वडा अध्यक्ष माधब वलीको आतिथ्यतामा स्वागत बोर्ड स्थापना गरिएका तुलसीपुर नगर जेसिसका प्रबक्ता तथा स्वागत बोर्ड स्थापना कार्यक्रमका सयोजंक नारायण भट्राईले जानकारी दिए ।

तुलसीपुर नगर जेसिस बर्ष २०१९ का अध्यक्ष जेसी मेघराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भएको हो ।

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *