लक्ष्मण बस्नेत, हापुरे,पुस ८ । दाङको हापुरेमा शनिबार देखि बबई अन्तर पालिका स्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता २०८० सुरु भएको छ ।
बबई गाउँपालिका शिक्षा,युवा तथा खेलकुद परिषदको आयोजना एवं दाङ जिल्ला कवड्डी संघको प्राबिधिक तथा आर्थिक सहयोगमा संचालित प्रतियोगिताको बबई गाउँ पालिका अध्यक्ष कुल बहादुर खत्रीले उद्घाटन गरेका हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले बबई गाउँपालिका लाई खेलकुदको हवको रुपमा बिकास गर्न आफू लागि पर्ने बताए ।
खेल बिकासको पहिलो आधार पुर्वाधार हो । पुर्वाधार बिकास र खेल गतिबिधि लाई नितिगत रुपमै अगाडि बढाएका छौ अब हामी पालिका लाई खेलकुदको हव बनाउने अभियानमा छौ,उनले भने ।
उनले स्थानीय स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्ने लक्ष्य उदेश्यले गाउँपालिका भित्र क्रीकेट रंगशाला निर्माण कार्य लाई गाउँपालिकाको पहिलो प्राथमिकतामा पारिएको बताए ।
साथै उनले गाँउपालिकाको निति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिएको र पालिकालाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय उच्च प्राथमिकतामा रहेको समेत बताए ।
बबई गाउँपालिका सामाजिक बिकास समितिका संयोजक टेक बहादुर वलिको अध्यक्षता तथा पालिका अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश कवड्डि संघका अध्यक्ष जनार्दन खत्री र दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष धुर्व आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
लुम्बिनी प्रदेश कवड्डि संघका सदस्य टोपेन्द्र थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा बिशिस्ट अतिथी संचालन दाङ जिल्ला कवड्डि संघका सचिब सशिराम वलिले गरेका थिए ।
यसबिच प्रतियोगिता अन्तरगत सनिवार भएको खेलमा पुरुष तर्फ राप्ती गाउँपालिका र बबई गाउँपालिका बिजयी भएका छन् भने महिला तर्फ बबई र शान्तिनगर बिजयी भएका छन् ।
प्रतियोगितामा आईतवार तुलसीपुर उपमहानगरपालिका र दङ्गिशरण गाउँपालिका बिच पहिलो खेल हुनेछ । खेल आठ बजेबाट सुरु हुनेछ ।
कवड्डि खेलको बिकास र बिस्तार संगै नवप्रतिभावन खेलाडीको पहिचान गर्ने उदेश्यका साथ आयोजना गरिएको
प्रतियोगिताको पुरुष तथा महिला तर्फको बिजेताले नगद तिस/तिस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेताले नगद पन्ध्र/पन्ध्र हजार सहित ट्रफी, मेडल प्रमाणपत्र हात पार्दा तृतिय स्थान प्राप्त गर्ने टिमले ट्रफी,मेडल,प्रमाणपत्र मात्र हात पार्ने दाङ जिल्ला कवड्डी संघका अध्यक्ष कुल बहादुर डागिले जानकारी दिए।
त्यस्तै प्रतियोगितामा महिला तथा पुरुष एक/ एक जना सर्बोउत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितामा जिल्लाका दस पालिका मध्य पुरुष तर्फ ७ र महिला तर्फ ६ पालिकाको सहभागिता रहेको छ ।