दाङ, पुस ८ । लुम्बिनी प्रदेश सरकारमा आइबार दुई मन्त्री थपिने निश्चित भएको छ ।
नेकपा माओबादी केन्द्रबाट कृष्णा केसी (नमुना) र नेपाली काँग्रेसबाट सरोज थापा मन्त्रीका रुपमा सफथ लिने भएका छन् । केसी सहरी बिकास मन्त्री र थापा उद्योग तथा यातायात मन्त्रीका रुपमा सफथ खाँदै छन् ।
केसी बाँके र थापा प्यूठानबाट निर्वाचित भएका थिए ।
लुम्बिनी सरकारका प्रबक्ता गृहमन्त्री सञ्तोष पाण्डेले उनीहरुको आइतबारका लागि उनीहरुको सफथको कार्यक्रम तय भइ सकेको जानकारी दिए ।
काँग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधरी बैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । त्यसको ८ महिना पछि उनले सरकार बिस्तार गर्न थालेका हुन ।
हालसम्म लुम्बिनी सरकारमा मुख्यमन्त्रीसहित सात जना मन्त्री थिए । आइतबार दुई जना थपिए मन्त्रीमण्डलको संख्या नौ पुग्ने छ ।
प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार