२०७७ कार्तिक १३ गते बिहिवार

लमही–कोइलावास सडकखण्ड अवरुद्ध

दाङ, जेठ ५ । गढवा गाउँपालिकाका स्थानीयले दाङको लमही–कोइलाबास सडक खण्ड अवरुद्ध पारेका छन् । मुआब्जा वितरणमा भेदभाव गरेको भन्दै गढवा गाउँपालिका वडा नं. ५ को बोधिपुर क्षेत्रका स्थानीय सडक खण्ड आइतवार विहानैदेखि अवरुद्ध पारेका हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख एवं डिएसपी विनोद विक्रम शाहले अवरुद्ध सडक खण्ड खुलाउने बारे आन्दोलनमा उत्रिएका स्थानीय संग छलफल जारी रहेको बताए ।

जग्गाको मुआब्जा वितरणमा हुलाकी सडक कार्यालय बाँके नेपालगंजले अन्याय गरेको स्थानीयले आरोप लगाएका छन् । दाङको सबैभन्दा पुरानो नाका लमही – कोईलावास सडक खण्डमा मुआब्जा वितरण गर्ने अधिकार हुलाकी सडक कार्यालय बाँकेको जिम्मामा छ ।
सडक खण्डको चैलाही क्षेत्रमा भने प्रतिवर्गमिटर तीनहजार ६ सय र गढवा क्षेत्रमा प्रति वर्गमिटर एकहजार तीनसय निर्धारण गरिएको छ । आन्दोलनरत स्थानीयले गढवामा निर्धारण गरिएको दररेट आफुहरुले पनि पाउनुपर्ने माग गर्दै आन्दोलन थालेका छन् । ३३ किलोमिटर लामो सडक क्षेत्रमा पर्ने जग्गाको लगत समेत छुटेको स्थानीयले गुनासो गरेका छन् ।

आन्दोलनरत स्थानीयले माग संवोधन नहुँदासम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । स्थानीयले सोमवारदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन् ।दाङको पुरानो नाका कोईलावासलाई पुर्नंजीवित तुल्याउने उदेश्यले सडक कालोपत्रेको काम भइहरेको छ ।

जम्मा ३३ किलोमिटर सकड खण्ड मध्य हालसम्म झन्डै १४ किलोमिटर कालोपत्रे भइसकेको छ । अब थप १९ किलोमिटर जति सडक कालोपत्रे गर्न बाँकी छ । निर्माण कम्पनीका अनुसार ३३ महिनामा निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा कालिका कुमार जेभिले काम स्वीकार गरेको थियो । त्यो अवधी आगामी डिसेम्बर १० सम्म रहेको छ । निर्माण कम्पनी कालिका कुमार जेभि कम्पनीका साइड इञ्चार्ज राजेन्द्र श्रेष्ठले पहाडी चिसापानी सम्म सडक कालोपत्रे भइसकेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *