२०७७ कार्तिक १५ गते शनिवार

तीनवटा टोल पूर्ण सरसफाई उन्मुख घोषणा


सल्यान, जेठ ५ । सल्यानको कपुरकोट गाउँपालिकामा तीनवटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । कपुरकोट ६ अन्तथतका डाँग्री, रैजेखोला र सागिने टोललाई त्यस्तो घोषणा गरिएको सरसफाई टोल संयोजक दलि साहुले बताए । यी टोलका ५६ घरधुरीले पूर्ण सरसफाइएका न्यूनतम सूचकहरु पुरा गरेको साहुले जानकारी दिए ।

स्थानीयले आफ्नो वासस्थान, कार्यस्थल वरिपरि, सार्वजनिक स्थलको स्वच्छता र पवित्रता कायम राख्न मन वचन र कर्मले निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य अविकिरण डाँगीले दुषित खाना र पानीका कारण लाग्ने अधिकांश रोग प्रत्यक्ष मानविय व्यवहारसंग सरोकार हुने भएकाले यस अभियानले रोग न्यूनिकरणमा सहयोग गर्ने जानकारी दिए ।

कपुरकोट ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकीले पूर्ण सरसफाई क्रियाकलाप निरन्तर चलिरहने प्रक्रिया भएकाले आगामी दिनमा अझ सक्रिय रुपमा लाग्न अनुरोध गरे ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *