२०७७ कार्तिक १४ गते शुक्रवार

रोल्पामा विप्लका नेता बम र पेस्तोलसहित पक्राउ


दाङ, जेठ ३ । रोल्पा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी विप्लवका तीनजना नेताहरुलाई बम र हातहतियारसहित पक्राउ गरेको छ । पक्राउ परेका तीन जना नेताहरु बाट एक थान नकटुवा पेस्तोल, ३०३ साईफलको १४ रोउन्ड गोली, अन्य गोली ११ राउन्ड (कुन हातहतियारको हो ? नखुलेको), २ थान सकेट बम, एक थान खुकुरी बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसी दीपक खड्काले फरक कोणलाई बताए ।

पक्राउ पर्नेमा थवाङ गाँउपालिका वडा नं. २ निवासी ५२ बर्षीय जिल्ला इञ्चार्ज जयबहादुर रोका (प्रताप), लुंग्री गाउँपालिका वडा नं. १ निवासी ४२ बर्षीय लुंग्री र सुनछहरी गाँउपालिकाका इञ्चार्ज धनबहादुर खत्री (टाईगर) र लुंग्री गाँउपालिका वडा नं. २ निवासी ४२ बर्षीय ईलाका इञ्चार्ज भुपेन्द्र खड्का (गोरे)लाई हतियारसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई विहीवार साढे १ बजेतिर लुंग्री गाउँपालिका वडा नं. १ बाट पक्राउ गरिएको डिएसपी खड्काले बताए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा बाट खटिएको प्रहरी सहायक निरिक्षक राजेन्द्रकुमार रानाको कमाण्डमा खटिएको ७ जनाको टोलीले गोप्य सूचनाको आधारमा प्रक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु विरुद्ध शुक्रवार जिल्ला अदालतबाट ५ दिने म्याद थप गरि संगठित अपराध निवारण ऐन २०७४ अन्तरगत मुद्दा दर्ता गरि अनुसन्धान सुरु भएको प्रमुख खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *