२०८२ असार ५ गते शुक्रवार

तुलसीपुरका मेयरको प्रतिबद्धता अझैं पुरा भएन

तुलसीपुर, पुस ३ । गुरुकुल एकाडेमीले तुलसीपुर बजारमा प्रक्रिया मिचेर मनोमानी ढंगले गरेको बिज्ञापन हटाउने बारे मेयर टीकाराम खड्काले गरेको प्रतिबद्धता अझैं पुरा भएको छैन ।


यसअघि जिल्लाको घोराहीबाट मात्रै संचालन हुँदै आएको गुुरुकुलले आउँदो शैक्षिक सत्रदेखि तुलसीपुरमा पनि शाखा संचालनको तयारी गर्दै गर्दा बजार क्षेत्रमा मिचाहा प्रबृति अपनाएको थियो ।

मनपरी रुपमा गरिएको बिज्ञापन अनाधिकृत रहेको भन्दै मेयर खड्काले ती बिज्ञापनका होरिङबोर्डहरु तत्काल हटाउन निर्देशन दिइ सकेको बताएका थिए ।


तर उनले गरेको बजारबाट ती बिज्ञापनका सामाग्री हटाउन दिएको निर्देशनको अझैं कार्यान्वयन भएको छैन ।

मेयर खड्काले फरककोणसंग आँफुले ती बिज्ञापनका सामाग्री हटाउनका लागि नगर प्रहरीलाई यसअघि नै निर्देशन दिइसकेको बताउँदै आएका छन् । तर, मेयरले दिएको निर्देशन पालना नहुनु र ती हटाउन नगरले चासो नदिनुले आशंका पैदा भएको एक ब्यापारीले बताए ।

‘हाम्रा पलस अगाडि साइनबोर्डपनि लगाउन पाउँदैनौं त्यसको कर लाग्छ भन्ने नगरले आचारसंहिचा बिपरित बजारमा छ्यापछ्याप्ती बिज्ञापनका होरिङ बोर्डहरु छाप्दापनि किन देख्दैन,’ ती ब्यापारीले भने ‘ यसले आशंका गर्ने आधार पैदा भएको छ ।’


तर, मेयर खड्काले मंगलबारपनि फरककोण संग अनाधिकृत रुपमा गुरुकुलले तुलसीपुरमा मनपरी बिज्ञापन गर्न नपाउने भन्दै ती हटाउन निर्देशन दिइ सकेको फेरि पनि बताए ।


तुलसीपुरमा गुरुकुल दर्ता नै नभएको र दर्ता नै नभएको संस्थाले आँफुखुसी बिज्ञापन गर्नु आपत्ति जनक रहेको मेयर खड्काले बताए ।

तुलसीपुरमा बिज्ञापनको जिम्मा लिएको निकाएका बिरुद्धपनि अख्तियारमा मुद्दा भइ टेन्डरका लागि नयाँ बिज्ञापन खोल्न थालिएको हुँदा यसअघिको बिज्ञापनको जिम्मा लिएको संस्थाले अहिले कमाउनका लागि गरेको बिज्ञापन अबैध ठहर्ने मेयर खड्काले जानकारी दिए ।

‘आज म नेपालगंज आएको छु,’ उनले भने ‘ मैले फेरि यही बाट ती बिज्ञापन सामाग्री हटाउन निर्देशन दिइ सकेको छु ।’

यो पनि पढ्नुहोस :- गुरुकुलको तुलसीपुरमा ‘दादा गिरी’

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *