तुलसीपुर, पुस १ । घोराहीमा मात्रै संचालन हुँदै आएको गुुरुकुलले तुलसीपुरमा आक्रमक र दादी गिरी सैलीमा बजारमा बिज्ञापन गरेको छ ।
आउँदो शैक्षिक सत्रदेखि तुलसीपुर र लमहीमा पनि शाखा संचालन गर्ने तयारी गरिरहेको गुरुकुल एकाडमीको भड्किलो बिज्ञापनले यो शैक्षिक संस्था हो ? कि अरु कुनै बिज्ञापन ऐजेन्सि भन्ने सम्मको सोच्न बाध्य बनाएको छ ।
जिल्लाको सबै भन्दा महंगो बिद्यालयको रुपमा परिचित निजी बिद्यालयले यो बर्ष तुलसीपुरमा शाखा खोल्नु अघि तुलसीपुुरमा निकै भड्किलो र प्रचलित नियम मिचेर सार्वजनिक स्थलमा बिज्ञापनका होरिङ बोर्डहरु राखेको छ ।
गुरुकुलले तुलसीपुर उपमहानगरपालिकाबाट संचालनको अनुमति नलिदै तुलसीपुरको बाहिनी चोकदेखि बीरेन्द्र चोकसम्म मात्रै ७५ वटा होरिङबोर्ड राखेर आफ्नो एकाधिकार हुनेगरि सार्वजनिक रुपमा बिज्ञापन गरेपनि उपहमहानगरपालिका भने मुकर्दशक बनेको छ ।
उपमहानगरपालिकाको ऐन र नियमबिपरित गुरुकुलले मनोमानी गरेपनि त्यसको बिरुद्ध उपमहानगरका जिम्मेवार पदाधिकारीसमेत चुपचाप छन् ।
जबकी तुलसीपुरकै अन्य शैक्षिक संस्थाहरुले मुलुकै इज्जत धान्नेगरि बर्षौंदेखि उत्कृष्ट नतिजा ल्याउँदा समेत यसरी तुलसीपुरको मूख्य बजार मानिने राप्ती राजमार्ग अन्तरगतको (क) लाइनको बोट विरुवा लगाएको मुख्य लाइनमा कहिलै यसरी बिज्ञापन गरेको दृष्य देखिएको थिएन ।
मंसिर २८ गते मात्रै तुलसीपुरमा पत्रकार सम्मेलन गरि गुरुकुल एकाडेमीका पदाधिकारीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी आफ्ना शाखाहरू तुलसीपुर र लमहीबाट पनि सञ्चालन गर्न लागेको अबगत गराएको थियो ।
त्यस लगतै गुरुकुलले तुलसीपुरको मुख्य बजार क्षेत्र राप्ती राजमार्ग अन्तरगतको (क) मा बिरुवा रोपेको रेलिङको दुबै भागमा करिब पाँच मिटरको फरकमा होरिङ बोर्डहरु राखेर मनोमानी बिज्ञापन गरेको छ ।
गुरुकुलले मुख्य बजार क्षेत्रको रेलिङमा छ्याप छ्याप्ती टाँगेका होरिङ बोर्ड मनोमानी ढंगले राखेको देखेर आँफु आश्चर्यमा परेको तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्काले बताए ।
त्यो नियम बिपरित भएको हुँदा तत्काल त्यसलाई हटाउनका लागि निर्दैशन दिइ सकेको मेयर खड्काले बताए ।
गुरुकुलको आक्रामक बिज्ञापनको तुलसीपुर क्षेत्रका निजी बिद्यालय संचालक र उद्योगी ब्यापारीका केही पदाधिकारीले समेत त्यसको फरककोण मार्फत बिरोध जनाएका छन् ।
‘अब तुलसीपुरमा बर्षाैंदेखि निजी बिद्यालय संचालन गरिरहेका बिद्यालयपनि त्यो अधिकार पाउनु पर्छ,’ एक जना तुलसीपुरमा बिद्यालय संचालयन गर्दै आएका पिन्सिपलले भने ‘ पहिलो अधिकार तुलसीपुरमा हाम्रो हो, बाहिरबाट आएकाको यो बिज्ञापनले तुलसीपुरपनि बिगेको अनुभूति भइरहेको छ ।‘ पहिलो अधिकार तुलसीपुरमा हाम्रो हो, बाहिरबाट आएकाको यो बिज्ञापनले तुलसीपुरका जनप्रतिनिधिपनि बिगेको अनुभूति भइरहेको छ ।’
त्यस्तै कुरा तुलसीपुर उद्योग बाणिज्य संघका एकजना पदाधिकारीले पनि ब्यक्त गरे ।
तुलसीपुरका उद्योगी ब्यापारीले आफ्नो पसलको पहिचानका लागि साइन बोर्ड लगाउन खोज्दा कर खोज्ने उपमहानगरपालिकाले बजारै भरि एउटा निजी शैक्षिक संस्थाले मनपरि बिज्ञापन राख्दा चुप लागेर बस्दा आशंका पैदा भएको बताए ।