२०७७ कार्तिक १२ गते बुधवार

सल्यानीका गाउँघरमा एम्बुलेन्स र क्लिनिकको माग


शंकर केसी,
सल्यान, जेठ २। सल्यानको रीम र सिनवाङका नागरिकले गाउँघर क्लिनिक र एम्बुलेन्सको माग गरेका छन् । स्वास्थ्य क्षेत्रको सामाजिक परिक्षण कार्यक्रम अन्तर्गत रीम र सिनवाङ स्वास्थ्य चौकीमा विहीवार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारण नागरिकले एम्बुलेन्स नहुँदा सुत्केरी हुने महिला र गम्भीर घाइते तथा विरामीलाइ स्वास्थ्य संस्थासम्म कठिन भएको भन्दै त्यस्तो माग गरेका हुन ।

कपुरकोट गाउँपालिका वडा नं. ५ मा भएको कार्यक्रममा तिलसरी बोहोराले रीम स्वास्थ्य चौकीमा एम्बुलेन्सको ब्यवस्था गर्न स्थानीय सरकारसंग माग गरेकी हुन । त्यस्तै सिनवाङमा स्थानीयले पनि समान माग गरेका छन् । गाउँघरमा क्लिनिक, विरामी बोक्ने स्टेचरको समेत व्यवस्था नहुँदा विरामीलाई स्वास्थ्य चौकी सम्म पु¥याउन कठिन भएको उनीहरुले बताए ।

त्यस्तै त्यहाँका स्थानीयले स्वास्थ्यकर्मीले विरामीसंग गर्ने व्यवहार राम्रो नभएको हुँदा त्यो सुधार्न स्थानीय सरकार संग माग गरेका छन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले तत्काल एउटा एम्बुलेन्स खरिद गरेर कपुरकोट स्वास्थ्य चौकी माफर्त गाउँपालिकामा सेवा शुरु गरेको बताए ।

उनले आगामी दिनमा सिनवाङ र रीम क्षेत्रको लागि अर्काे एम्बुलेन्सको पनि ब्यवस्था गर्न सकिने बताए । तर उनले एम्बुलेन्सको ब्यवस्थापन तथा संचालनको जिम्मा सम्बन्धित स्वास्थ्य संस्थाले लिनुपर्ने अध्यक्षले बताए । त्यस्तै उनले सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवाग्राही संग राम्रो व्यवहार गर्न तथा गुनासो नआउनेगरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
सामाजिक विकास तथा वातावरण संरक्षण मञ्च नेपालको आयोजनामा कार्यक्रम भएको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *