२०८२ असार ७ गते आइतवार

बाँकेमा जिपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, अर्का गम्भीर घाइते


दाङ, मंसिर २९ । बाँकेमा जिपको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ। अर्का एक प्रहरी गम्भीर घाइते छन् ।

गएराति ११ बजेतिर डिउटीमा रहेका प्रहरी जवान २९ वर्षीय विशाल वलीको जिपनको ठक्करबाट घटनास्थलमै मृत्यु भएको थियो ।


उक्त दुर्घटनामा परि प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढा क्षत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी नारायण डाँगीले फरककोणलाई बताए ।


घाइते क्षत्रीलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि हेलिकोप्टरबाट बिहान काठमाडौं पठाइएको डिएसपी डाँगीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तचरगत पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जिपले कोहलपुरको मदनचोकमा डिउटीका प्रहरीलाई ठक्कर दिएको थियो।


जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठक्कर दिएर फरार रहेका बस्नेतलाई कोहलपुर–२ बाट नियन्त्रणमा लिएको डिएसपी डाँगीले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *