२०७७ कार्तिक १४ गते शुक्रवार

घर जलेर खरानी भयो, त्रिपाल मुनी एक हप्ता

शिवु खनाल,
देउखुरी, जेष्ठ २ । थाल, पानिखाने बेला, ओदान आगोको रापले खरानि भयो । बैशाख २४ गतेका दिनको घटना हो । दिउसो करिब दुई बजे मंगलवारको घटना हो । राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका स्थित गगन बस्नेतको घर जलेर खरानि भयो । गर्मिको राप, घरमा श्रीमती आराम गरिरहेकि थिइन् । घरको सोलार सट भएर एक्कासि आँगोले घर छिन भरमै खरानि भयो, आँगलागि पिडित गगन बस्नेतले भने ।

मस्तको निद्रामा थिए, तातो हावाको वाफले हान्यो । जुरुक्क उठ्दा घर वरपर आँगो दनदनी बलिरहेको थियो । चिच्याएर घरबाट बाहिर निस्केय म । बुढा घरमा नभएको बेला घरमा रहेको सोलार सट भैइ घर छिन भरमै खरानी भयो, श्रीमती लक्ष्मी बस्नेतले भनिन् ।

म कामले बाहिर गएको थिए । घरमा रहेको ५ वटा बाख्रा, अनाजपानि, नागरिता, दुई कुन्टल मौवा छिन भरमै जलेर खरानि भयो, वनको छेवैमा रहेको मेरो एक्लो घर जलेर खरानिले भरिभराउँ र पुत्ताएको देख्न मात्रै पाए, आगलागि पिडित गगन बस्नेतले भने,–१ हप्ता भयो रुख र त्रिपालमा आश्रिय लिएर दिन रात विताएका छौँ,। आफ्नै पसिनाले जोडेको घर जलेर खरानि भयो । घर जलेर खरानी भएपछि रुखमुनि त्रिपाले बासमा बस्नुपर्ने बाध्यता निम्ती यो । दिउँसोको घामले पोलेर बस्न दिदैन, सारा सपना छिन भरमै खरानि भयो । घर न बास । खाने अन्न केहि छैन । गाउँका स्थानियहरुले अन्नपानि खान दिएका छन् । घर खरानी भएदेखि गाउँलेहरु कै साहारा बाट घर परिवारले पेट पालेका छौ ।

सहयोग लिएर पुगे ईकाई सभापति र वडाध्यक्ष
राजपुर गाउँपालिका सा.वि.क बेला गा.वि.स नेपाली काग्रेंसका ईकाइ सभापति शरद बुढाथोकि र राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले राहात लिएर आँगलागि पिडित कहाँ राजपुर गाउँपालिका वडा नम्बर १ पटौलिनाका पुगे । आँगलागि बाट पूर्णरुपमा विस्तापित भएका गगन बस्नेतका परिवार लाई राजपुर गाउँपालिका सा.वि.क बेला गा.वि.स ईकाइ सभापति शरद बुढाथोकिले नगर पन्ध्र हजार हस्तान्त्रण गरेका छन ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले पनि आँगलागि बाट विस्तापित भई रुखको पाल त्रिपालमुनी आश्रिय लिएर बसेका गगन बस्नेतको परिवार लाई व्यक्तिगत रुपमा दश हजार राहात स्वरुप सहयोग हस्तान्त्रण गरे । राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका स्थित आँगलागि भएको घटना थाहा पाएर लगत्तै सभापति बुढाथोकि र गाउँपालिका वडाध्यक्ष भण्डारी राहात लिएर आगँलागि पिडित कहाँ पुगेका हुन् । आफ्नै गाउँ । आँगलागिको घटना सुनेपछि मन थाम्न सकिन । समय मिलाएर राहात बितरण गर्ने चाहाना थियो । सोही अनूरुप आँगलागि पिडितलाई राहात स्वरुप सहयोग हस्तान्त्रण गर्न आएको उनिहरुले बताए ।

लोक दोहोरी गायिका गिरीको सहयोग
लोकदोहोरी गायिका भुमीका गिरीले पटौलीनाका स्थित आँगलागि पिडीत परिवारलाई नगद दश हजार राहात स्वरुप सहयोग हस्तान्त्रण गरेकी छिन । दाङको देउखुरी घर भएकी गायिका गिरीले यस अघी पनि विभिन्न व्यक्तीहरुलाई सहयोग गर्दै आएकी छिन । दुःखमा परेका व्यक्तीहरुलाई सहयोग गर्न आफू साह्रै नै उत्साहित हुने भएकाले केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ आफूले सहयोग गरेको गिरीले बताइन ।

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *