२०८१ बैशाख १२ गते बुधवार

शारिरिक अपांगता र दृष्टिबिहिनलाई सर्फ बनाउने तालिम

तुलसीपुर, मंसिर २२। अपाङ्गगता भएकाहरुलाई उद्धमशिल बनाई आयआर्जनका लागि उज्यालो सर्फ उत्पादन गर्न लागिएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले पुनःस्थापना कार्यक्रम अन्तर्गत तुलसीपुरमा सर्फ बनाउने तालिम सुरु गरेको हो ।

नेपाल नेत्रज्योति संघ दाङ, एनएवीपी नर्वे र उपमहानगरपालिकासंगको साझेदारीमा पुनःस्थापना कार्यक्रम अन्तर्गत दृष्टिविहिन तथा अपाङ्गगता भएका व्यक्तिहरुलाई दातृनिकाय र स्थानीय पालिकाको साझेदारीमा आयआर्जनमा जोडने उद्देश्यले तुलसीपुरमा ३ दिने उज्यालो सर्फ बाउने तालिम सुरु गरेको हो ।

“हामीलाई अवसर देउ परिश्रम गरेर देखाउने छौ” भन्ने नारा सहित दाङ नेत्रहिन संघ र अपाङ्गग समाज सुधार केन्द्र उत्पादक रहने गरि तालिमको सुरुवात गरिएको हो । यस अघि लमहीमा पनि नगरपालिकाको साझेदारीमा सर्फ बनाउने तालिम सञ्चालन गरि उत्पादन सुरु भई सकेको छ ।

नेपाल नेत्रज्योति संघ दाङका सदस्य प्रणवकुमार खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले अपाङ्गगता भएका व्यक्तिहरुको जिवीको पार्जनका लागि तालिम उपयोगी हुने बताइन् ।

उनले तालिम पश्चात उनीहरुले उत्पादन गरेको सर्फले बजार पाउने विश्वास व्यक्तगदै अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा धेरै आर्थिक सुधार लाउने बताइन् । ‘ यो कार्यक्रम अपाङ्गगताभएका व्यक्तिहरुका लागि राम्रोहो स्थानीय सरकारले पनि यसमा सहयोग गरेका छौं, अपाङ्गता भएका व्यक्तिहरुको लागि राम्रो अवसर हुन्छ उनले भने ।’

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका सदस्य बसन्ता केसीले यो तालिम निकै फलदायी भएको भदै सिकेको सिपलाई व्यवहारमा लागुगरि उद्धमसिलताको विकास हुने बताइन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक उपार्जनका लागि यो कार्यक्रम निकै सहयोगी बने बताइन् ।

त्यस्तै कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका सदस्य प्रणवकुमार खड्काले स्थानीय पालिका,दातृनिकाय संगको सहयोग तथा साझेदारीमा पुनःस्थापना कार्यक्रम अन्र्तत आयआर्जनका कार्यक्रम ल्याएको भन्दै उत्पादन गरेका बस्तुहरुलाई वजारी करण गर्न आफुहरुले सहयोग गर्ने बताए ।

त्यस्तै कार्यक्रममा राप्ती आँखा अस्पताकालका प्रशासक शालिकराम गौतमले दृष्टिविहिन तथा अपाङ्गता भएका व्यक्तिहरुलाई उत्पादन र उनीहरुलाई आर्थिक उपार्जन हुने खाले कार्यक्रम सञ्चालन गर्नका लागि आफुहरुले स्थानीय सरकार संगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको बताए ।

‘एनएवीपी नर्वेको केहि रकम र स्थानीय पालिकाकाको केहि आर्थिक रकम लगानिमा तालिमहरु दिएर उज्यालो सर्फ उत्पादन गर्न यो तालिम आयोजना गरीएको छ उनले भने ।’

उनले दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गता भएका व्यक्तिहरुलाई यस्तो तालिम दिएर राम्रो गुणस्तरीय सर्फ उत्पादन गरेर बजारीकरण गर्ने लक्ष्य रहको बताए । सरकारको उद्धमशिलताको नीतिलाई सघाउ पु¥याउन पनि यो सहयोग बन्ने बताएको छ ।

कार्यक्रममा दाङ नेत्रहिन संघका पूर्व अध्यक्ष रामबहादुर खड्काले दृष्टिविहिन, अल्पदृष्टि तथा अपाङता भएका व्यक्तिहरु वेरोजगार भएको अवस्थामा तालिम पछि आर्थिक उपार्जन हुने बताए ।

त्यस्तै अपाङ्ग समाज सुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुमाकान्त कँडेलले दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोगजार बनाउन तालिम उपयोगी हुने बताए ।

तालिममा दृष्टि विहिन, अल्पदृष्टि र अपाङ्गताभएका १५ व्यक्तिहरुको सहभागीता रहेको छ । तिन दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकमा मनसरी केसी रहेकीछन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *