२०८२ असार ७ गते आइतवार

सर्वोच्चका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि

काठमाडौँ,मंसिर २१ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ गतेदेखि गर्ने भएको छ।

बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस ६ जनाको सुनुवाइ मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको हो।

समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्ति उपर उजुरी आह्वान गरेको थियो। हालसम्म समितिमा ९ वटा उजुरी परेको छ।

न्यायपरिषदको मंसिर ५ मा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *