२०८१ बैशाख ८ गते शनिवार

बालिका बलात्कार गर्नेलाई १६ बर्ष कैदको फैसला


दाङ, वैशाख ३० । बलात्कार कसुरमा एक जनालाई युवालाई दाङ देउखुरी जिल्ला अदालतले १६ बर्षको कैदको फैसला सुनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. २ निवासी १८ वर्षीय मुकेश विकलाई पाँच बर्षीया बालिका बलात्कारमा कसुरदार ठहर गर्दै अदालतले गत शुक्रवार १६ वर्ष कैद फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश हेमन्त रावलको ईजलासले विकलाई बलात्कार काण्डमा कसुरदार ठहर गर्दै १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलव्ध गराउन भन्दै फैसला गरेको थियो । कसुरदारको जायजेथा केही नभएकाले पीडितलाई स्थानीय तहबाट क्षतिपूर्ती उपलव्ध गराउने फैसला भएको अदालतले जानकारी दिएको छ। पाँच बर्षीया ती वालिकालाई गत माघमा विकले जवरजस्ती बलात्कार गरेको बेहोरासहितको जाहेरी आफन्तले प्रहरी समक्ष दिएका थिए ।

बलात्कारको अभियोगमा पक्राउ
घोराही वडा नं. १५ स्वर्गद्धारी टोल निवासी ४६ बर्षीय ऋषिराज आचार्यलाई पनि बालिका बलात्कारको अभियोग लागेको छ । आचार्य माथि एकजना ११ बर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको जोहरी परेपछि उनी हाल थुनामा छन् । प्रहरीले आफ्नो तर्फ वाट अनुसन्धान पुरा गरि आचार्य दोषी देखिएको भन्दै १४ देखि १६ वर्ष कैद र पीडित बालिकालाई क्षतिपुर्ती भराउन मागसहितको मिसिल सरकारी वकिलको कार्यालयमा पठाएको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *