तुलसीपुर, बैशाख २९ । स्वर्गद्वारी प्राविधिक परामर्श केन्द्र प्रालिद्वारा सञ्चालित, साना तथा मझौला कृषि आयस्तर परियोजना नेपालगंज बाँकेको अनुदानमा सञ्चालित च्याउ उत्पादन उपआयोजनाअन्तर्गतको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ले वक्ताहरुले उपआयोजनाले राम्रो काम गरेको भन्दै लक्ष्य अनुसार पुग्न क्रियाशील हुनुपर्ने बताएका थिए ।
प्रालिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का सदस्य कमला केसीको प्रमुख आतिथ्यता तथा साना तथा मझौला कृषि आयस्तर परियोजनाका योजना तथा अनुगमन अधिकृत हरिप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रालिका सञ्चालक समिति सदस्य सचिन पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको भएको थियो । कार्यक्रममा सञ्चालक सन्दीपन रिजालले उपआयोजनाका अहिलेसम्म भएको सम्पूर्ण प्रगति र कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन प्रालिका विनिल केसीले गरेका थिए ।