२०७७ कार्तिक ९ गते आइतवार

अन्तर्राष्ट्रिय नर्सिङ दिवस


शरद रेग्मी
दाङ,२९ बैशाख ।
आइतबार नेपाललगायत विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रम गरी मनाइएको छ । नर्सिङ दिवस विविध कार्यक्रम गरी मनाई रहदा दाङका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको पेशालाई सरकारले ब्यवस्थित गर्न नसकेको गुनासो गरेका छन् । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनुजस्ता कठिनाइ अहिले भोगिरहेको मुख्य समस्या भएको गुनासो गरे । सरकारले ब्यवस्था गरेको दरबन्दीको अनुपातमा नर्सहरुको उत्पादन बर्षेनी अत्याधिक बढ्दै गएको बताए ।

राप्ती प्रादेशीक अस्पताल तुलसीपुरकी शर्मिला शर्माले उत्पादनको अनुपातमा दरबन्दीको ब्यवस्था नहुँदा जनशक्ति खेर गई रहेको बताइन् । १०÷१२ लाख बढी खर्च गरेर अध्ययन गरेका नर्सहरुले निजी चिकित्सालयमा ८÷१० हजारमा रोजगारी गर्न बाध्य रहेको उनको भनाइ छ । त्यसकारण सरकारले दरबन्दीको ब्यवस्था तत्काल आग्रह गरिन् ।

नेपाल नर्सिङ संघ दाङका उपाध्यक्ष लक्ष्मी ढकालले नर्सहरुको काम अनुसारको पारिश्रमिकको ब्यवस्था नभएकोले सोको माग गरिन् । अन्तर्राष्ट्रिय श्रम संगठन आएलओले तोकेको श्रमको समय आठघण्टा भएपनि नेपालका नर्सहरुले १५÷१६ घण्टा गर्नुपर्ने अवस्था रहेको बताइन् । विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ ।

तर नेपालमा एकजना नर्सले २० देखि ४० जना भन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ, संघका उपाध्यक्ष ढकालले बताइन् । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा आइतबार बिहान तुलसीपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

नेपाल नर्सिङ संघ दाङका उपाध्यक्ष लक्ष्मी ढकालको अध्यक्षता एवम् नेपाल नर्सिङ संघका केन्द्रीय उपाध्यक्ष ललीता केसीको प्रमुख आतिथ्यमा भएको प्रभातफेरी कार्यक्रम पछि आयोजित कार्यक्रममा राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डियन डाक्टर सर्भेस शर्मा, तुलसीपुर उपहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहाल, राप्ती लाईफ केयरका जीवन भण्डारी, राप्ती लाईफ केयर क्याम्पसका सुसन पाण्डे, ओरेक नेपालका रुपा दाहाल र कल्पाना चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच राप्ती प्रादेशीक अस्पताल तुलसीपुरको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । नर्सिङ कलेज तथा सम्बन्धित संघ संस्थाहरुले दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम गरेका छन् ।

नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषद्को तथ्याङ्कमा उल्लेख छ । नेपालमा सरकारी तथा निजीस्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा आठ हजारभन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *