२०८० चैत्र १६ गते शुक्रवार

अधिकारका लागि थारु एक हुनुपर्ने

निता चौधरी
दाङ, २९ बैशाख ।
फुट रहेका थारुहरुलाई आफ्ना अधिकारका लागि एकीकृत गर्न आवश्यक रहेको एक कार्यक्रका वक्ताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका–९ को लरैनामा शनिबार थारुहरुको विभिन्न संगठनको संयुक्तरुपमा वनभोज कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

थारुहरुको संस्कृति संरक्षण, संवद्र्धन गर्न यस्तो खालको कार्यक्रमले महङ्खवपूर्ण भूमिका हुने उक्त कार्यक्रमका वक्ताहरुको भनाई छ । थारुहरु अझै पनि राजनीतिक, कानुनी, विकास, लगायतका हरेक दृष्टिकोणले पछाडि परिरहेको समेत औँल्याएका छन् । घोराही उपमहानगरपालिका–९ लरैनामा रहेको लरैना बासुदेव मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउन आवश्यक रहेको बताए ।

साथै उक्त मन्दिरलाई पर्यटकीय रुपमा कसरी विकास गर्न सकिन्छ ? भन्ने विषयमा छलफल समेत गरिएको थियो । साथै उनीहरुले जिल्लामा थारुहरुको विभिन्न संगठनले पहिलो पटक संयुक्तरुपमा वनभोज कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य चूर्ण बहादुर चौधरी, अधिवक्ता रामशरण चौधरी, सामाजिक अभियान्ता तथा थारु बद्धिजीवि सोगतवीर चौधरी, घोराही उपमहानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष चन्द्रप्रसाद चौधरी, थारु पत्रकार संघ दाङका सल्लाहकार केवी चौधरी, महाटवा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद चौधरी, लरैना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

थारु कल्याणकारिणी सभा दाङ देउखुरी, थारु पत्रकार संघ दाङ, राष्ट्रिय थारु कलाकार मञ्च दाङ, थारु स्वास्थ्यकर्मी संघ, थारु विद्यार्थी समाज, थारु महिला सभा दाङको संयुक्त आयोजनामा वनभोज कार्यक्रम सपम्नन भएको हो । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य थारु पत्रकार संघ दाङका सल्लाहकार सन्तोष दहित र सहजीकरण लक्ष्मीमान चौधरी गरेका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *