२०८१ बैशाख ७ गते शुक्रवार

मोटरसाईकल दुर्घटनामा परि मृत्यु


दाङ, वैशाख २८ । दाङमा शनिवार भएको मोटरसाईलक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने थप एकजना गम्भीर भाइते भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. ११ का २१ बर्षीय जुगराम चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही तर्फ लैंजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी २० बर्षीया अम्बिका चौधरी गम्भीर घाइते भएकी छन् । घाइते चौधरीलाई हात, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ । उनलाई राप्ती प्रादेशिक अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहालपुर मेडिकल कलेजमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

तुलसीपुर वाट घोराही तर्फ जाँदै गरेको रा ३ प ६९२८ नम्बरको मोटरसाईकल शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को प्रसेनी चोकमा रहेको ‘प्रसेनी’ लेखेको साईन बोर्डमा अनियन्त्रित भएर ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *