२०८१ बैशाख ८ गते शनिवार

बवईमा एक दिने अभिमुखिकरण

तुलसीपुर, बैशाख २८ । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग (युजिसी) गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्युएए) सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम भएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख युवराज रावतले क्याम्पसको समग्र वस्तुस्थिति माथि प्रकाश पार्दै बाँकी रहेका कामहरु तिव्र गतिमा अघि वढाउने प्रतिवद्धता व्यक्त गरे ।

विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि नारायण भण्डारीले यस प्रणाली भित्र रहेका विभिन्न सूचकहरुको बारेमा स्पष्ट पारे । कार्यक्रममा युजिसीका प्रतिनिधिहरु संग आवश्यक सहयोगको आग्रह गर्दै अध्यक्ष देवकोटाले सम्पूर्ण प्राध्यापक र कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी पालन गर्न सुझाव दिए । अनुदान आयोगका वित्तिय अधिकृत राधा कडेलले क्याम्पसले विभिन्न निर्धारित कार्यक्रमहरु सम्पन्न गरेमा प्राप्त गर्न सकिने आर्थिक स्रोतको बारेमा बताईन् ।

संचालक समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्यापम्पस प्रमुख भुपबहादुर बुढाथोकीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *