२०७७ कार्तिक १३ गते बिहिवार

नगरको दमकललाई भ्याईनभ्याई

शिवु खनाल,
देउखुरी, बैशाख २८। दाङमा आगलागिको उच्च जोखिम क्षेत्र बढि देउखुरी क्षेत्रमा रहेको छ । तर, देउखुरीका तिनवटा पालिकाहरुमा दमकल सञ्चालनमा ल्याउन सकिरहेको छैनन् । अहिले तिनवटा गाउँपालिका, दमकल बिहिन गाउँपालिकाको रुपमा चिनिन थालेका छन् । दाङको देउखुरीमा आगलागिका घटनाहरु ह्वात्तै बढेको छ तर, देउखुरीका तिनवटा स्थानिय पालिकाले भने वितेको दुई वर्ष पुग्दा पनि आफ्नो पालिकामा दमकल खरिद गर्न सकेका छैनन् ।

आगलागिका घटना भए त्यसलाई नियन्त्रणमा ल्याउन पर्याप्त स्रोत साधन नहुदा ठूलो मात्रमा धनजनको क्षती हुने गरेको छ । तर देउखुरीका तिनवटा पालिकाहरुले दमकललाई प्राथमिकतामा राखेका छैनन् । यसको मुख्य कारण हो, खर्चिलो र व्यवस्थापनमा गाह्रो । आगलागिबाट हुन सक्ने क्षती न्यूनिकरणका लागि देउखुरीका तिनवटा पालिकाले महंगो हुने र व्यवस्थापनमा गाह्रो हुने भएको कारण बताउदै आफ्ना पालिकाहरुमा दमकल सञ्चालनमा ल्याउन नसकेको पालिका प्रमुखहरु बताउछन् ।

बिहिवारको दिन, एकै दिन उही समयमा लमही नगरपालिका क्षेत्रभित्र र गाउँपालिका क्षेत्रमा आगलागि हुदाँ, आगलागि नियन्त्रण गर्न नगरको दमकल कता पठाउने भन्ने विषयमा समस्या उत्पन्न भयो, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले भने चारवटा स्थानिय तह मध्य लमही नगरपालिकाले मात्रै दमकल सञ्चालनमा ल्याएको छ, आफ्नो क्षेत्रमा भएको आगलागि नियन्त्रणमा ल्याउने कि आगलागि हुदा अन्य पालिकाहरुमा नगरको दमकल पठाउने, निकै गाह्रो भयो,– नगर प्रमुख केसीले भने अहिले लमही नगरपालिकाको दमकललाई भ्याईनभ्याई छ । देउखुरीका अन्य पालिकाहरुमा दमकल नहुँदा नगरको दमकललाई भ्याईनभ्याई छ ।

बिहिवार मात्र लमही नगरपालिका क्षेत्र र राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित नयाँ बस्ती सालघारीमा दिउँसो ठिक उही समयमा आगलागि भयो तर, आफ्नो क्षेत्रको आगलागि नियन्त्रणमा ल्याउने कि अन्य पालिकामा पठाउने, अलमलमा परे नगर प्रमुख केसीले भने । नगर क्षेत्रमा आगलागि नियन्त्रणमा लिइ राजपुर गाउँपालिकामा नगरको दमकल पठाइयो । दुबै क्षेत्रमा भएको आगलागि लमही नगरपालिकाको दमकले नियन्त्रणमा ल्याउन सफल भयो ।

यस्तै राजपुर गाउँपालिका प्रमुख लोकराज केसीले गाउँपालिकाले अहिले दमकल किन्ने सोचमा नभएको भन्दै, आइपरेको खण्डमा लमही नगरपालिकाका संग सहकार्य गर्ने बताए । खर्चिलो र व्यवस्थापनमा अलि गाह्रो हुने भएको बताउँदै केसीले लमही नगरपालिका संग सहकार्य गरि काम भैरहेको बताए । बिहिवार लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रमेशकेसीको फनिर्चरमा दिउँसो करिब दुई बजे फनिर्चरमा एक्कासि आँगलागि हुनु पुग्यो । दिउँसो गर्मीको रापको समयमा आँगलागि हुदा फनिर्चरमा रहेका दुईवटा मोटर जलेर ध्वस्त भयो । क्षतीको एकिन गरिएको छैन, वडाध्यक्ष केसीले भने म घटना स्थलमा जान पाएको छैन, फनिर्चर भित्र रहेका सम्पूर्ण भित्री तारहरु सबै जलेर नष्ट भएको स्थानियहरुले फोन गरेर जानकारी दिए पछि खबर पाए ।

फनिर्चरमा आगलागि भए लगत्तै वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले लमही नगरपालिकाको दमकल युनिटमा फोन गरेर आगलागि भएको घटना स्थलमा लमही नगरपालिकाको दमकल बोलाउनुभयो र आगो नियन्त्रणमा आयो । फनिर्चरमा लागेको आगो नियन्त्रण पश्चात सोही समयमै राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित नयाँ बस्ती सालघारीमा लागेको आगो लागेको खबर पाएपछि लमही नगरपालिकाको दमकल आगो नियन्त्रणमा ल्याउन बेला पुग्यो । स्थानिय, नेपाल प्रहरी र लमही नगरपालिकाको लमकलको साहायताले आगो नियन्त्रणमा आयो । यो घटना विहिवार को हो ।

लालमटिया
यस्तै देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया निवासी महेशकुमार अधिकारीको टिनले छाएको गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठ भित्र रहेको काठपात र गोठ समेतमा क्षती पुण्याउदा ५ लाख भन्दा बढी नोक्सान भएको पिडित अधिकारीले जानकारी दिएका छन् । आगो कसरी लाग्यो भन्ने विषयमा आफुलाई पनि थाहा नभएको पिडित अधिकारीले बताए । बेलुका साढे ६ बजेतिर लागेको आगो करिव साढे ३ घण्टा पछि लमही नगरपालिकाको दमकलको साहायतामा शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले नियन्त्रणमा ल्याएका थिए । पिडितका अनुसार आज सम्म कुने राहात नपाएको गुनासो रहेको छ ।

राजपुर
यसैबिच देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकाका सिथत गगन बस्नेतको घरगोठमा आगलागि हुदा ५ वटा बाख्रा जलेर ध्वस्त भएको छन् र घरगोठहरु पनि पूर्णरुपमा जलेर खरानी भएको छ । प्रहरीका अनुसार आगलागिबाट २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागि पिडित थापाले राहातकोे लागि अपेक्षा गर्नु भएको छ । यस्तै राजपुर गाउँपालिका वडा नम्बर १ माररीखोला गाउँ स्थित वनमा लागेको आगोलाई लमही नगरपालिकाको दमकलको साहायताम नेपाल प्रहरी र स्थानियहरुको सहयोगमा वनमा लागेको आगो नियन्त्रणमा आएको हो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *