१७ लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अभियोगमा दाङ प्रहरीले एकजनालाई पक्राउ पछि सार्वजनिक गरेको छ ।
रोल्पा जिल्लाको माडी गाउँपालिका वडा नं. १ निवासी २१ बर्षीय दलबहादुर पुनले उक्त परिमानको नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जानकारी दिएको छ । विहीवार विहान जिल्ला प्रहरी कार्यालय घोराहीमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख एवं एसपी कृष्णहरी शर्माले गत असोज २३ गते पुनले ती रिचार्ज कार्ड चोरी गरेको खुल्न आएको बताए ।
घोराहीबाट नारायणघाट तर्फ लैजाँदै गरेको सत्र लाख बराबरको रिचार्ज कार्ड पुनले सुटुक्क चोरी गरेको स्वीकार गरिसकेको एसपी सिंहले पत्रकार सम्मेलनमा जानाकारी दिए ।
घोराही स्थित शुभलक्ष्मी नमस्ते डिष्ट्रिब्युट प्रालीले ना ६ ख ९३४५ नम्वरको यात्रुबहाक बसबाट नारायणघाट पठाउँदै गरेको नेपाल टेलिकमको रिचार्ज कार्ड दाङ कै भालुबाङ क्षेत्रवाट गायव भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा पुनले नै त्यो चोरी गरेको पत्ता लागेको एसपी शर्माले बताए ।
रिचार्ज कार्ड चोरी भएको २१ दिन पछि कात्तिक १३ गते रोल्पाको थवाङका विभिन्न स्थानमा ती रिचार्ज कार्ड विक्रि गर्ने गरेको पत्ता लागेपछि पुन पक्राउ परेको एसपी शर्माले बताए ।
पुनले चोरी गरेको रिचार्ड कार्ड प्युठान स्वर्गद्धारी नगरपालिका वडा नं. ७ स्थित आफ्नो ससुरालिमा त्यो लुकाएको अबस्थामा फेला परेको पनि जानकारी दिए । ‘त्यहाँ १६ लाख १० हजार मुल्य बराबरको रिचार्ज कार्ड बरामद भयो र उस्ले ९० हजार बराबरको सिमकार्ड विक्रि गरिसकेको पाइएको छ ।’ एसपी शर्माले भने ।
पुनले पक्राउ परेका पुनको वारेमा थप अनुसन्धान जारी रहेको जानकारी दिए । पुनलाई चोरी सम्बन्धी मुद्दा चलाउनले तयारी भइरहेको एसपी शर्माले जानकारी दिए ।