२०८२ जेष्ठ ३० गते शुक्रवार

जग खन्ने क्रममा जमिनमुनि सुनचाँदी भेटियो


अछाम, बैशाख २८ । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमिनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ ।

यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।

भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरमा भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो भने उनीहरूको साथमा रहेको सुन प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदुरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरूमा थप सुन फेला पर्दै गएको थियो ।

क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेर जमिनमुनि अझै पनि जमीनमुनि सुन रहेको आशङ्कामा माटो चाल्ने क्रममा थप सुन फेला परेको वडा नं २ का अध्यक्ष कालु सिंह कुँवरले जानकारी दिए । जमिनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको वडाध्यक्ष कुँवरले जानकारी दिए । रासस

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *