२०८१ चैत्र ३ गते आइतवार

प्रहरी चाैकीमा आत्महत्याकाे प्रयास गरेका समीरको मृत्यु

चितवन, बैशाख २८। इलाका प्रहरी कार्यालय रत्ननगरको थुनुवाकक्षमा आत्महत्याको प्रयास गरेका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घिसिङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।

चोरीको अभियोगमा वैशाख २५ गते पक्राउ परेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय घिसिङले २६ गते दिउँसो थुनुवाकक्षमा रहेको शौचालयमा नै आत्महत्याको प्रयास गरेका थिए ।

घिसिङले आत्महत्याको प्रयास गरेसँगै प्रहरीको कमजोरीका कारण घटना भएको भन्दै बिहीबार राति आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय र प्रहरी चौकी पदमपुरमा तोडफोड गरेका थिए ।रासस

 

प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *