तुलसीपुर, कात्तिक १६ । खेलाडीले तुलसीपुरका सबै होटेल भरिभराउ भएका छन् ।
शुक्रबारदेखि तुलसीपुरमा सुरु हुने लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगितामा भाग लिन तुलसीपुर आएका खेलाडीका कारण बिहीबार बेलुकादेखि नै तुलसीपुरका सबै होटेल भरिभराउ भएका हुन ।
प्रदेश भरका १२ जिल्लाका झन्डै आठ सय बढी खेलाडी तथा प्रशिक्षकहरु आएका कारण तुलसीपुरका सबै होटेलहरु भरिभराउ भएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले फरककोणलाई बताए ।
‘ भोलिदेखि दुई दिनसम्म तुलसीपुर हुने प्रतियोगितमा भाग लिन आएका खेलाडीका कारण सबै आजदेखि नै तुलसीपुरका सबै होटेलहरु भरिभराउ भइ सकेका छन्,’ अध्यक्ष रिजालले भने ‘तुलसीपुरका सबै होटेलहरुमा बाँडेर खेलाडी राखेपछि मुस्किलले अटाएका छन् ।’
होटेल भरिभराउ भएपछि होटेल ब्यबसायी उत्साहित भएको तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका रिजालले बताए ।
प्रतियोगिता शुक्रबार बिहान सात बजेदेखि तुलसीपुरको बसपार्कबाट प्रभात फेरिका साथ सुरु हुने छ ।
प्रतियोगिता भने तुलसीपुरको अरणिको मैदानमा हुने भएको छ ।
प्रतियोगिता उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आउने भएका छन् ।
यो पनि पढ्नुहोस :- प्रथम लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिता तुलसीपुरमा हुँदै